२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

१ चैत्र २०७९, बुधबार ०७:५९

चैत १, काठमाडौँ | कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । नेपाली दूतावासका अनुसार अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लड्दै आएको हो । कुवेतमा एकजना पीडितलाई क्षतिपूर्ति दिलाउन  कम्तीमा दुई वर्षसम्म लाग्ने गर्छ ।

दूतावासका अनुसार कार्यस्थल र सडक दुर्घटनामा परी मृत्यु भएकाहरूले मात्रै बिमाबापत क्षतिपूर्ति दिने गरिएको छ । त्यसबाहेक मृतक कामदारको परिवारको संख्या हेरी पनि क्षतिपूर्ति रकम निर्धारण हुने दूतावासले जनाएको छ ।


सबैभन्दा बढी धनुषाका मृतक शम्भु शाहको परिवारले १ करोड ७ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यो रकम किस्ता-किस्तामा दूतावासमा जम्मा भएको थियो । सन् २०१५ सेप्टेम्बरमा काम गर्ने क्रममा उच्च स्थानबाट झरेर शाहको मृत्यु भएको थियो ।

खोटाङका पासाङ दोर्ची शेर्पाका परिवारले ९६ लाख ४२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । १८ सेप्टेम्बर २०१८ मा बस दुर्घटनामा परी शेर्पाको मृत्यु भएको थियो । उनी कामबाट क्याम्पमा जानेक्रममा बस दुर्घटनामा परेको थिए ।

खोटाङका गंगाबहादुर गुर्वाछाने मगरले ८१ लाख ६८ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गंगाबहादुर काम गर्नेक्रममा घाइते भएका थिए । अस्पतालले गंगाबहादुरको शरीर ९९ प्रतिशत काम नलाग्ने र दीर्घकालसम्म हेरविचार गर्नुपर्ने रिपोर्ट दिएपछि अदालतले ८१ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको हो । गंगाबहादुर नेपाल आइसकेका छन् ।

त्यस्तै तनहुँका मृतक वीरबहादुर गुरुङका परिवारलाई ५९ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त भएको छ । उनको पनि कार्यस्थलमा नै मृत्यु भएको थियो । कास्कीका मृतक हरिबहादुर क्षेत्रीका परिवारले ३३ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । सुनसरीका मृतक पदमबहादुर मगरको परिवारलाई ३४ लाख ९२ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको दूतावासले जनाएकफ छ । रामेछापका मृतक राजकुमारी सुनुवारको परिवारलाई २८ लाख ७० हजार रुपैयाँ दिइएको छ ।

दूतावासले क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति रकम हकवाला व्यक्तिलाई दिने दूतावासले जनाएको छ । कुवेतमा सुतेको सुत्यै अवस्थामा मृत्यु भएका कामदारलाई भने क्षतिपूर्ति रकम दिइँदैन। पछिल्लो तीन वर्षमा कुवेतमा ७ महिलासहित १४४ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ५ जना मात्रै कार्यस्थलमा मृत्यु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य