Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-11-02 12:53 AM
ओखलढुङ्गा - OKL

ओखलढुंगाका सबै गाविस र नगरपालिका साक्षर भएको घोषणा


पूर्णप्रसाद न्यौपाने/असोज ८, ओखलढुंगा । ओखलढुंगामा साक्षरता घोषणा अभियान सकिएको छ । लामो समय अघि सुरु भएको अभियान २०७३ असोज ७ गतेबाट सकिएको हो । 
निरक्षरता उन्मुलन गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार च्यानम गाविसलाई तत्कालीन शिक्षा मन्त्री चीत्रलेखा यादवले पुर्वाञ्चलकै पहिलो (स्रोतका अनुसार) साक्षर गाविस घोषणा गरेर जिल्लामा अभियानको औपचारीक सुरुवात गर्नुभएको थियो । 
तत्कालीन जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनको पालामा अभियानले निकै तिव्रता पाएको थियो । उहाँको कार्यकालमा जिल्लाका तिन गाविस साक्षर घोषणा गरिएको थियो भने घोषणाका लागि तयारी निकै अगाडि बढिरहेको थियो ।   
लोप्चनको सरुवा पछि आउनु भएको जिल्ला शिक्षा अधिकारी विजय प्रसाद आचार्यको करिब एक वर्षको कार्यकालमा एउटा पनि गाविस साक्षर घोषणा भएन । तत्कालीन कार्यालय प्रमुखले नै चासो नदिएपछि अभियानलाई तिव्रता दिन नसकिएको मातहतका कर्मचारीहरुले बताउने गरेका छन् । 
‘लोप्चन सरको पालामा धेरै आधारभुत कामहरु भए र तिन गाविलाई साक्षर घोषणा पनि गरियो’ कार्यालयका एक अधिकृतले भन्नुभयो‘पछि विजय सर आउनुभयो उहाँले यो विषयलाई वास्ता गर्नुभएन,उहाँको पालामा एउटा गाविसलाई साक्षर भएको घोषणा गर्न सकिएन ।’ 

वर्तमान जिल्ला शिक्षा अधिकारी बीरेन्द्र जङ्ग थापाले जिल्ला आएसँगै साक्षरता घोषणाको कामलाई विषेश प्राथमिकतामा राखेर पुरा गरिसक्नु भएको छ । ‘म आउँदा सम्म साविकका ५६ मध्ये जम्मा वटा गाविस साक्षर भएका थिए,कसरी अभियान अघि बढाउने भन्ने चिन्ता पनि थिया’जिल्ला शिक्षा अधिकारी थापाले भिजन नेपाल साप्ताहिकसँग भन्नुभयो,‘मेरो पहिलो प्राथमिकतामा यहि अभियानको विषय थियो,कार्यालय तथा मातहतका कर्मचारी र सबै सरोकारवालाहरुको साथ सहयोगमा असोज ७ गतेबाट जिल्लाका लक्षीत वर्गका सबै नागरिक साक्षर भएको घोषणा गरियो ।’ 
जिल्ला शिक्षा अधिकारी थापाले जिल्लाको शैक्षीक विकास र गुणस्तर सुधारका क्षेत्रमा पनि महत्वपूर्ण कामहरु गर्दै आएकाले सबैले सहयोग गर्नुपर्ने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका जिल्ला अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनुभयो । उहाँले साक्षर घोषणा गरिए पनि जिल्लाबाट पूर्णरुपमा निरक्षरता उन्मुलन गर्न नसकिएको बताउँदै निरञ्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्लामा च्यानम गाविसलाई साक्षर घोषणा गरेर सुरु गरिएको अभियान माधवपुर गाविसलाई साक्षर घोषणा गरेर समापन गरिएको छ । वि.सं २०६७ को सर्वेक्षण अनुसार ओखलढुंगामा निरक्षर नागरिकको संख्या ३६ हजार ७ सय ८१ थियो । उक्त सर्वेक्षण अनुसार कार्यक्रम तय गरेर निरञ्तर अनौपचारीक शिक्षा कक्षा सञ्चालन गर्दै दोहोरिएका समेत गरेर ४० हजार ९ सय ५ जनालाई साक्षर बनाईएसँगै जिल्लाका सबै गाविस र नगरपालीकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
 जिल्लामा अब ४ सय ३४ जना लक्षीत वर्गका नागरिक अझै निरक्षर रहेको भएपनि ९५ प्रतिशत नागरिक साक्षर भएपछि घोषणाका लागि मापदण्ड पुग्ने प्रावधान रहेकाले सोहि अनुसार सबै गाविस र नगरपालिकालाई साक्षर घोषणा गरिएको श्रेष्ठको दावी छ । 

उहाँका अनुसार वि.सं २०६७ को सर्वेक्षणलाई आधार मान्दा लक्षीत वर्गका ९९ प्रतिशत नागरिक साक्षर भईसकेका छन् । ओखलढुंगाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर बनेपछि जिल्लाका सबै  क्षेत्रलाई साक्षर घोषणा गरिएको हो । 
अझै धेरै नागरिक निरक्षर रहेको आवाजहरु उठिरहेको भएपनि लक्षीत उमेर समुह भन्दा बाहिरका नागरिक निरक्षर हुुनु स्वाभाविक रहेको तर उनिहरुका लागि पनि निरञ्तर शिक्षाको कार्यक्रम सञ्चालन गरिने उप जिल्ला शिक्षा अधिकारी हेमनत बुढाथोकिले जानकारी दिनुभयो ।  
मिति तय गरेर जिल्लालाई औपचारीक रुपमा भव्यताका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम पनि रहेको जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले जनाएको छ । तस्विरहरु मानेभञ्ज्याङ गाविसलाई साक्षर घोषणा गर्दाका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द