असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोमागाने शहरले पोखरामा गरेको सहयोग स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि: राष्ट्रपति

२०७३, १२ आश्विन बुधबार ११:४४


असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन । 

पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको सहयोगबाट पोखरा १६ बाटुलेचौरमा सञ्चालनमा आएको मातृशिसु मितेरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण समारोहमा वोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरले पोखरामा पु¥याएको सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताइन ।

पोखरा उपमहानगर पालिका र जापानको कोमागाने नगरको सहयोगमा निर्मित मातृशिसु अस्पतालले आमा र शिसुको स्वास्थ्यलाई मध्येनजर गर्दै सरकारी स्तरबाट सञ्चालन गर्नका लागी सरकारलाई हस्तान्तरण गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा सरकारी स्तरबाट अस्पताल सञ्चालनका लागी विभिन्न सहयोगहरु उपलब्ध गराउन आफुले प्रयत्न गर्ने समेत भण्डारीले वताइन ।

स्वास्थ्य क्षेत्रमा जापानको कोमागाने नगरले गरेको सहयोगबाट निर्मित अस्पताल अव नेपाल सरकारको मातहतबाट सञ्चालनमा आउने र अस्पताल वरपरका क्षेत्रमा आमा र शिसुको स्वास्थ्य हेरचाहलाई अझ वढी राम्रो गरेर सरकारले अगाडी वढ्नेमा ढुक्क हुन समेत राष्ट्रपति भण्डारीले आग्रह गरिन ।

प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरा आफैमा सुन्दर रहेको वताउदै यहांको हिमश्रृङखलाले जुनसुकै पर्यटकको ध्यान केन्द्रित गर्न सफल भएको वताउदै पोखराको पर्यटनलाई अझ सुद्धृढ गर्दै अगाडी वढाउनुपर्नेमा समेत उनले जोड दिइन । 

तत्कालिन सरकारका स्वास्थ्य मन्त्री खगराज पौडेल मन्त्री रहदा २०७२ असोज २२ गतेको मन्त्री परिषदको बैठकले पोखराको बाटुलेचौर स्वास्थ्य चौकी संग गाभेर मातृशिसु अस्पताललाई सरकारी अस्पताल बनाउने निर्णय अनुसार कोमागाने मातृशिसु अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

सो समारोहमा अस्पतालका निवर्तमान सुपरिटेन्डेन्ट डाक्टर छम माया पुनले अस्पतालका प्रमुख डाक्टर प्रेम राज पंगेनीलाई अस्पतालको सम्पूर्ण कागजपत्र र चावी हस्तान्तरण गरी अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो