राम नारायण पंडित/सिरहा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । 

विजयादशमीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/सिरहा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । 

विजयादशमीको"/>

2026-06-20 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दशैंको पहिलो दिन शक्तिपिठहरुमा घटस्थापना गरियो, मिर्चैयमा विशाल कलश यात्रा

2016-10-01


राम नारायण पंडित/सिरहा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । 

विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि सिरहा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज घरघरमा तथा दुर्गा मन्दिरहरुमा कलश स्थापना गरेपछि दुर्गा पुजा अर्थात दर्शै शुरु भएको छ । आज स्थापना गरिएको कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । 

दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भरी विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गरिन्छ । 

बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । 


बडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा गर्ने गर्दछन् । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दसैँ पर्वलाई असत्य माथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मानिन्छ । 

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । बडादर्शैको अबसरमा सिरहाका मिर्चैयाको साथै घुर्मी, माडर, भलुवाही, विष्णुपुर, गोलबजार, लहान, वस्तिपुर, बन्दिपुर, कर्जन्हा, कल्याणपुर लगायतका स्थानहरुमा भब्य  मेलाको आयोजना गरिएको छ । 

विशाल कलश यात्रा 

बिजयादशमीको पहिलो दिन आज घटस्थापनाको अबसरमा सिरहामा बिशाल कलश यात्रा निकालिएको छ । 

मिर्चैयामा रहेको दुर्गा मन्दिरको प्रांगणबाट हजारौको संख्यामा बाजागाजा सहित निस्किएको भब्य कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गदै स्थानिय बतहा खोलामा कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको  मेला समितिले जनाएको छ । त्यस्तै, मिर्चैया १० घुर्मी पिप्रामा रहेको दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा नगरका बिभन्न भागको परिक्रमा गर्दै स्थानिय कमल दहमा गई कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको मेला समितिका अध्यक्ष जितेन्द्र कुमार महतोले जानकारी दिए । 


यता, दुर्गा मेलाको अबसरमा बिभिन्न शक्तिपिठहरुमा आजैदेखि सांस्कृतिक कार्यक्रमहरु सुरु भएको छ । विभिन्न स्थानहरुमा मेला समितिले मनोरंजनका लागि मिथिलाको संस्कृति झल्किने विभिन्न नाचहरुको आयोजना गरिएको बताईएको छ ।

 प्रत्येक वर्ष झै यस बर्ष पनि शक्तिपिठहरुलाई नवकनियाँ जस्तै सजाईएको छ भने मठमन्दिरहरुलाई रंग रोगन गरिएको छ । बिजयादशमीको सुरुबात संगै सिरहाका मिर्चैया सहितका स्थाहरुमा श्रद्धालु भक्तजनहरुको चहलपहल वढेको छ भने यातायातका साधनहरु सडकमा अत्याधिक संख्यामा आबथजाबत गरिरहेको देखिएका छन् ।

सुरक्षा व्यवस्था चुस्त

आज देखि सुरु भएको बिजयादशमीको मध्यनजर गर्दै सिरहा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाईएको छ । 

दशैंको समयमा हुन सक्ने सम्भाबित घटनालाई मध्यनजर गरी बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिए । सम्भावित घटनाको ध्यानमा राखदै जिल्लाका बिभिन्न स्थानको साथै जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको उनले बताए । 

नागरिक र प्रहरीविचको सम्बन्धमा सुमधुरता ल्याउने उदेश्यले गाउँ गाउँमा पैदल तथा मोवाईल गस्तीको बिशेष सुरक्षा व्यवस्था मिलाइएको एसपी ज्ञवालीले दाबी गरे । यता, जिल्लाका विभिन्न ट्राफिक पोष्टको अगाडी सवारी साधन र यात्रुहरुको सुबिधाको लागि यात्रु सहायता कक्ष पनि संचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ