Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कोहलपुरमा बस जलेको अवस्थामा फेला पर्‍यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आगोलागी भएको बसमा बसचालक र यात्री कोही पनि नभएकाले बसमा आगोलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

बसको मालिक को हो भन्नेसमेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ । रासस