Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पत्रकारको कलमले दिलायो सुत्केरीको यातायात खर्च

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ९, कालिकोट ।</b> पत्रकारहरुको कलमका कारण फोइमहादेवका सुत्केरी महिलाले प्रशुती यातायात खर्च पाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौशल अलिले बताउनु भएको छ ।&nbsp;<br></p><p>जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने फोइमहादेव गाविसमा रहेको स्वास्थ्य केन्द्र तथा प्रशुति सेन्टरमा प्रसुतीका लागि आउने महिलाहरुको यातायात खर्च जिल्ला स्वास्थ्यले सम्बन्धित स्वास्थ्य संस्थामा समयमै पठाएपनि केही ब्यक्तिहरुले प्रशुति महिलालाई नदिई हिनामिना गरेको खबर मिडियामा आएपछि आफ्नै नेतृत्वको छानविन टोलीले छानविन गरी सुत्केरी यातायात खर्च भराउन सफल भएको बताउदै यस्तो कुरा बताउनु भएको हो ।</p><p>समाजमा हुने हरेक घटनाहरुको यथार्थ चित्रण गरी सम्बन्धित निकायलाई घच्घच्याउने पत्रकारहरुको दायित्व रहेकाले यस्तै सार्थक तत्यपरक घटनाहरु र स्वास्थ्य क्षेत्रमा भएगरेका राम्रा कामहरुको प्रशंसाका बारेमा कलम मार्फत सबै निकाय, क्षेत्र र समुदायलाई सूसुचित गराउन सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गर्नु भएको छ ।</p>