फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०"/>

2026-11-01 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा ६ सयभन्दा बढि सर्बसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण (फोटोफिचर)


फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । 

डाक्टर सुदीप श्रेष्ठल १०३ वर्षिय विष्णुमाया माझीको स्वास्थ्य परीक्षण गरि उदघाटन शिविरको उदघाटन गरेको थियो । सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा सिद्धी स्मृती अस्पताल भक्तपुर र नेपाल स्वास्थ्य शिक्षा वातावरण संरक्षण विकास फाउण्डेशनका प्राविधिक सहयोगमा शिवर सम्पन्न गरिएको हो । 

शिविरमा सहभागी करिब ६ सयभन्दा बढिलाई स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको कार्यक्रम संयोजक तथा सञ्चार केन्द्रका सदस्य मनिका लोप्चनले जानकारी दिइन् । स्वास्थ्य परीक्षणमा महिलाको उपस्थिती बढि रहेको बताईन् ।

काभ्रेकै अति विकट ठाउँ घण्टौ समय हिडेर स्वास्थ्य शिविरमा पुगेका सिद्धी स्मृती अस्पतालका बाल रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठको नेतृत्वमा बाल रोग डाक्टर निपुन श्रेष्ठ, स्त्री–रोग डाक्टर कुमारी त्वायना, नर्सिङ सुपरभाइजर रसिला पसखल, आईसीयू इन्चार्ज सुनिता सुवाल र नेपाल स्वास्थ्य शिक्षा वातावरण संरक्षण विकास फाउण्डेशनका जेनेरल फिजिसियन डाक्टर संगम खाइजुको टोलीले सेवा प्रदान गरेको संयोजक लोप्चनले जानकारी दिईन । 

राजधानीकै नजिकको जिल्ला भए पनि उचित शिक्षा र चेतनाको अभावले विकास हुन नसकिएको उक्त क्षेत्रमा स्वास्थ्य शिविर जान समेत कठिनाई भएको घण्टौंको यात्रा पछि पनि ५ घण्टा पैदाल यात्रा गरेर निःशुल्क स्वास्थ्य शिविर राखेको सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले बताए । 

उक्त शिविरमा आएका अधिकंशको आँखको समेत समस्या रहेकोले आगामी दिनमा आँखा परीक्षण तथा मोतीविन्दूको शल्यक्रियाको कार्यक्रम गरिने जानकारी दिए । 

डाक्टर सुदीप श्रेष्ठले विकट क्षेत्रमा सेवा गर्न पाउँद खुसी लागेको व्यक्त गरे संगै केही प्राविधिक कठिनाई भएको पनि जिकिर गरे ।  शिविरलाई सफल बनाउन राष्ट्रिय युवा महासंघ नेपाल, खुशी युवा समाज, जगथली युवा क्लवले सहयकार्यको भूमिका गरेका थिए । 

स्वास्थ्य शिविरको उद्घाटन लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य गणेश लामाले गरेका थिए । उद्घाटनमा बोल्दै लामाले उक्त क्षेत्रमा आफ्नो पार्टीको संसद कोषबाट खानेपानी आयोजनाका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जगथलीमा अस्पताल स्थापना गर्न समेत सहयोग गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द