दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी"/>

2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एक लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको मन्त्रीद्धारा उद्घाटन


दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्ला सदरमुकाममान्ममा पानीको समस्यालाई दृष्टिगत गरी निर्माण गरिएको करिव १ लाख ५८ हजार लिटर पानी अट्ने ट्यांकीको आज खानेपानी तथा सरसफाई मन्त्रि प्रेम बहादुर सिंह द्धारा उद्घाटन गरिएको छ । 

अधिल्लो कार्यकालमा मन्त्री हुदा जिल्ला सदरमुकाममा प्रयाप्त पानी आपुर्तिका लागि करिव साढे ४२ लाख बजेट विनियोजन गराई आफु मातहतको निकायलाई कार्यान्वयनका लागि निर्देशन दिए संगै समयमै काम सम्पन्न भै आज एक कार्यक्रमका विच मन्त्री सिंह द्धारा पानी टांकिको उद्घाटन गरिएको हो ।

गएको असार भित्रै निर्माण कार्य सम्पन्न गरिसकिएको टयांकीको आज विशेष कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्री द्धारा पानी भल्भ खोली विधिगत ढंगले उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंहले नेपालको संविधान २०७२ मा नागरिकलाई स्वच्छ खानेपानी तथा स्वच्छ बातारबरमा जिउन पाउने मौलिकहकको रुपमा गरिएको ब्यवस्थालाई हिर्दयांगन गर्दै  कालिकोटवासी जनतालाई प्रयाप्त खाने पानी पहुँचमा पुगाउन आफुले एक घर एक घारा अभियानलाई कालिकोटमा लागु गर्ने बताउनु भएको छ । 

ट्यांकी उद्घाटन कार्यक्रममा टयांकी निर्माण लागत र निर्माणाधिन टयांकीको क्षेमताबारे प्रकाश पार्दै खानेपानी तथा सभडिभिजन कार्यालयका प्रमुख कुल प्रसाद पौड्यालले  कालिकोट सदरमुकामका बासिन्दाहरुलाई दैनिक करिव १ लाख ५० हजार लिटर पानी चाहिने र अहिले निर्मित नयाँ टयांकीमा करिव १ लाख ५८ हजार लिटर पानी अट्ने भएकाले प्रति ब्यक्ति ४२ लिटरका दरले पानी दैनिक उपभोग गर्नेहो भनेपनि करिव ५ हजार २ सय जनालाई पुगाउन सकिने बताउनु भएको छ ।

ट्यांकी उद्घाटन कार्यक्रममा उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, क्षेत्रिय निर्देशक चन्दवहादुर के.सी, राजनैतिकदल प्रतिनीधि, नागरिक समाजहरुले आआफ्नो धारण राखेका छन् । टांकी उद्घाटन कार्यक्रमको अध्यक्षता मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ