दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत ज"/>

2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालमैत्री स्थान घोषणा अभियानमा राचुली, अनुगमनको तयारी


दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत जिल्ला सदरमुकाम मान्म देखि पूर्व तर्फ पर्ने राचुली गाविसलाई बालमैत्री क्षेत्र घोषणाका लागि जिल्ला स्तरीय सरोकारवालाहरुले छलफल अगाडी बढाएका छन् । बालमैत्री स्थानीय शासन क्षेत्र घोषणा अभियानलाई सार्थक तुल्याउन आवश्यक सूचकहरु पुराका लागि विगत डेढ बर्ष देखि राचुलीमा संचालित गतिविधि अनुसार सबै सूचक पुरा भएको भन्दै गाविसले दिएको जानकारीलाई मध्यनजर गरी जिल्ला स्तरीय सरोकारवाला विच छलफल अगाडी बढेको हो ।

बालमैत्री स्थान घोषणाका आवश्यक सूचक पुरा भएको भन्दै गाविसले दिएको जानकारी अनुसार यसको यर्थातता अनुगमन गर्न तथा स्थानीय विकास मन्त्रालय संग घोषणा प्रक्रिया प्रमाणिकरणका लागि पहल गर्न जिल्ला स्तरीय सरोकारवालाहरुको बैठक जिल्ला सदरमुकाम मान्ममा बसेको छ । जिल्ला स्तरीय बाल मैत्री स्थानीय शासन समितिका अध्यक्ष एवं स्थानीय बिकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । 

प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख अथित्यता, जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, महिला तथा बालबालिका कार्यालय प्रमुख, जिल्ला खानेपानी, जिल्ला बालकल्याण समिति, सेभ द चिल्डे«न, किर्डाक नेपाल लगायतका सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा बैठक बसेको हो । 

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित बैठकमा यहि फागुन भित्र राचुली गाविसमा बालमैत्री शासन घोषणा गर्न आवश्यक पर्ने सूचकहरुको अवस्थाबारे अनुगमन गर्ने र घोषणाका लागि स्थानीय विकास मन्त्रालयमा पहल गर्ने निर्णय समेत गरेको छ । बालमैत्री स्थानिय शासनका क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल कालिकोटका बालसंरक्षण अधिकृत धनिराम न्यौपानेले राचुली गाविसमा बालमैत्री शासनका क्षेत्रमा भएका उपलब्धी बारे जानकारी समेत दिनु भएको छ । 

यस अघि गएको मंसिर ३ गते राचुलीमा संचालित बालमैत्री स्थानीय शासन कार्यान्वयनका आवश्यक सूचकहरुका बारे अनुगमन गरी बाकि सूचकहरु यहि फागुन मसान्त भित्र पुरा गर्न स्थानीय सम्पूर्ण सरोकारवालाहरुले लिखित प्रतिवद्धता समेत गरेका थिए । राचुलीमा सेभ द चिल्ड्रेनको साझेदारी, बर्नेजिएनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाको पहलमा बालमैत्री स्थानीय शासन कार्यान्वय प्रक्रिया अगाडी बढी गाविसलाई बालविवाहमुक्त, अनिवार्य आधारभूत शिक्षा, पूर्ण साक्षर, पूर्ण खोप युक्त, पूर्ण जन्मदर्ता, विद्यालय शान्ति क्षेत्र घोषणा जस्ता अधिकांश सूचकहरु पुरा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ