प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिल"/>

2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गहुँबारीमा भेटिएपछि युगल जोडी

प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए । कताकता लाज मान्दै पनि थिए र आफूहरुलाई निकै सुरक्षित महशुस गर्दै गहुँबारीमै जीवनको सिर्जनामा जुटिरहका देखिन्थे ऊनीहरु । कहिले पर भाग्दै जान्थे भने कहिले गहुँबारीमै लडिबुडी खेलिरहन्थे ऊनीहरु । वरपरका मानिसहरु देखेर पनि नदेखेजस्तै गरेर हिडिरहेका थिए ।

जिल्ला सदरमुकामदेखि झण्डै ५ किलोमिटरको दूरीमा भादा नदीको पारीपट्टि रहेको लालपुर फाँटमा रहेको गहुँबारीमा देखिएको एक युगल जोडीको चर्तिकला हो यो । तर, यो चर्तिकला कुनै प्रमिल युवायुवतीको नभएर लोपोन्मुख बट्टाई चराहरुको हो । 

यो चराको मासु र अण्डाको सेवनले क्यान्सरको रोकथाम तथा टिभी, दम, सुगर, एलर्जी, पत्थरी तथा नियमित सेवनले तौल सन्तुलन हुने, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने, प्रजनन् क्षमतामा वृद्धि गर्ने तथा सौन्दर्यतामा निखारपना ल्याउन निकै प्रभावकारी मानिएको छ ।

तस्वीर :  गहुँबारीमा दुईअोटा गहुँका बोटलाई जोडेर बनाएको गुँडमा बट्टाई चराको ५ अोटा अण्डाहरु ….

विशेष गरी जाडो मौसम सकिनासाथ जमिनका काल्लाँहरु तथा झाडीहरुमा तथा खेतका गराहरुका सुरक्षित स्थानहरु खोजी यिनीहरुले अण्डा पार्ने गर्दछन् । खेतमा गहुँ तयार हुँदा नहुँदा उनीहरुले अण्डा कोरलीसकेका हुन्छन् र आफ्ना बचेराहरुलाई उड्न सिकाइसकेका हुन्छन् । 

आजभोलि यस प्रकारका चराहरुको संख्यामा कमी आएको छ । वातावरण प्रदूषण र पर्यावरण प्रतिकूल भएका कारणले गर्दा यस प्रकारका चराहरुको संख्यामा कमी आइरहेको चराविद्हरुको भनाई छ । यति मात्रै हैन विभिन्न प्रकारका विषादीहरुको प्रयोग तथा अत्याधिक रुपमा रासायनिक मलको प्रयोगका कारण प्रकृतिका सुन्दरताका रुपमा रहेका यस प्रकारका पन्छिहरु लोप हुन थालेका छन् । तसर्थ यस प्रकारका पन्छिहरुको संरक्षण गर्नका लागि मानव समुदायमा चेतनाको स्तर अझै उकासिन जरुरी देखिन्छ । बट्टाई चरालाई व्यावसायिक रुपमा पालन गरेर आय आर्जन पनि गर्न सकिन्छ । यसको अण्डा कुखुराको अण्डाभन्दा सस्तो र बढी लाभदायक हुन्छ । 

पारिस्थितिक पद्धतिको सन्तुलन र वातावरणीय सन्तुलनका लागि पृथ्वीमा पाइने हरेक प्रकारका जीवहरुको संरक्षण तथा संवद्र्धन गर्न सकेमा हामी चेतनशील मानव जातिका पनि संरक्षण हुने कुरा निश्चित छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई