दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा"/>
2026-09-15 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरी र बाल क्लवको सक्रियतामा रोकियो हुनै लागेको बालविवाह

दलसिंह गिरी/चैत्र २४, कालिकोट । विवाह तथा बर्तबन्धको एक प्रमुख महिनाको रुपमा लिईने बैशाख महिनाको मुखार्धमा हुनै लागेको बालविवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको छ । 

जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने तिलागुफा नगरपालीका वडा नं २ (साविकको राचुली ७) बस्ने वर्ष १६की बालिका अनिता विक (नाम परिवर्तन) र जुम्ला जिम्ला चन्दनाथ नगरपालिका कोटीलाघर भएका बर्ष १८ का हरिचन्द्र सुनार बिच हुन लागेको विवाह स्थानीय बालक्लव र प्रहरीको सक्रियतामा रोकिएको हो ।

श्री दुर्गा मावि राचुली कक्षा १० मा अध्ययनरत बालिका अनिता र जुम्लाका हरिचन्द्र यहि गएको चैत्र ११ गते राचुलीबाट भागेर जुम्लामा विवाह गर्न लागेको जानकारी पाएपछि राचुली बालसंजालका पदाधिकारीहरुले तत्काल जिल्ला प्रहरी कार्यालय कालिकोटलाई खबर गरी जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काको निर्देशनमा प्रहरी चौकी नाग्म र प्रहरी चौकी लाम्रा जुम्लाको सक्रियतामा बालबाविवाह हुन रोकिएको छ ।

केटापक्षको घरमा हुन लागेको विवाह रोक्न प्रहरी टोली कोटीलामै पुगी दुबै केटाकेटी सहित केटाका आफन्त र यताबाट केटीका आफन्तहरुलाई नाग्म प्रहरीचौकीमा ल्याई गाउ बाल संजालका पदाधिकारी नागरिक समाजको रोहबरमा दुबै केटाकेटीको २० वर्ष उमेर नपुगी बिवाह नगर्ने नगराउने लिखित प्रतिवद्धता गराई केटाकेटीलाई आफन्तको जिम्मा लगाईएको किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाका फिल्ड सुपरभाईजर प्रकाश शाहीले बताउनु भएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन, किर्डाक नेपाल द्धारा संचालित सहयात्रा परियोजनाको सहयोग र जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना जिल्लाभरका सवै प्रहरी चौकीका इन्चार्ज तथा जवानहरुलाई बालअधिकार संरक्षण तथा बालविवाह न्यूनिकरण सम्बन्धि जागरण तालिम दिई जिल्ला स्तरमै निर्माण गरेको बार्षिक कार्यायोजना अनुसार प्रहरी टोली बालविवाह न्युनीकरणमा सक्रिय देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ