वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन"/>

2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध पोखराको निर्माण प्राथमिकतामा


वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । 

भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता र पर्यटकको बसाइँ लम्ब्याउने जस्ता कार्यमा तदारुकता देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसकाबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका रामजी कुँवरले प्रकृतिप्रदत्त सम्पदालाई जोगाउन र बढ्दो सहरीकरणबाट हुने वातावरण प्रदूणलाई रोक्न स्वच्छ हराभरा पोखराको अवधारणका साथ आफू अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । 

“भूगोल र प्रकृतिले पोखरालाई धेरै कुरा दिएको छ,” उहाँले भन्नुभयो–“त्यसको उचित व्यवस्थापन, आवश्यक पूर्वाधार विकास, बढ्दो वातावरण प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढ्ने छु ।” 

काँग्रेसबाट उपप्रमुख पदमा उम्मेदवारी दिनुभएकी सरस्वती गुरुङले पोखरामा रहेका तालतलैयालगायतका सम्पदाको संरक्षण, यहाँका सामाजिक एवम् सांस्कृतिक पक्षको जगेर्नालगायत विषयलाई आफूले अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका मानबहादुर जिसीले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै पोखरालाई विश्वकै समृद्ध सहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । 

“पोखराको विकाससँग जोडिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउनेलगायत विकास र समृद्धिसँग सम्बन्धित कामलाई प्राथमकितामा राख्ने छु,” उहाँले भन्नुभयो– “ पोखरा सहर र यससँग जोडिएका गाउँ तथा बस्तीको विकासलाई सँगसँगै अघि बढाइने छ ।” 

एमालेबाटै उपप्रमुख पदमा उम्मेदवारी दिनुभएकी मञ्जु गुरुङले नगरवासीका आधारभूत आवश्यकता पूरा गर्न, भष्टाचार तथा विकृति विसङ्गति मुक्त सहरका रुपमा पोखराको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)काबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका विश्वप्रकाश लामिछानेले पोखरा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको बताउँदै त्यही अनुरुपको विकासका लागि दीर्घकालीन सोचका साथ अघि बढ्ने बताउनुभयो । 

“सुन्दर पर्यटकीय नगरीका रुपमा विकास गर्न यहाँका रमणीय गाउँ बस्ती समेतलाई समेट्ने गरी चक्रपथ निर्माण योजना अघि बढाइने छ” उहाँले भन्नुभयो– “यसका लागि आवश्यक पूर्वाधार विकास गरी समृद्ध महानगरका रुपमा पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाइने छ ।” 

(माओवादी केन्द्र)बाटै उपप्रमुख पदमा उम्मेदवारी दिनुभएकी गोमा ढकालले यहाँका १० वटै तालको संरक्षण तथा विकास, धुलो–धुवाँरहित सहर निर्माणलगायत विषय आफ्नो प्राथमिकतामा पर्ने धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी गीता गुरुङले संसारभरका पर्यटक आउने पोखरामा बसपार्क व्यवस्थित नबन्नुले त्यसको नकारात्मक असरपर्ने हुँदा आफू विजयी भएमा सबैभन्दा पहिले व्यवस्थित बसपार्क निर्माणको कार्यलाई अघि बढाउने विचार व्यक्त गर्नुभयो । 

नेपालकै ठूलो महानगरपालिका भएका कारण यसलाई व्यवस्थित गर्नु अपरिहार्य भएको उहाँको धारणा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै उपप्रमुख पदका उम्मेदवार रमेशबहादुर खत्रीले पोखराको पर्यटकीय आकर्षणलाई विश्वमाझ थप परिचित गराउने ढङ्गले विकास निर्माण अघि बढाइने बताउनुभयो । 

समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखका उम्मेदवार हुनुभएका हुम गुरुङले अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य पोखराको अव्यस्थित सडकलाई व्यवस्थित गर्ने र खानेपानी लगायत समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । 

समाजवादी फोरम नेपाल र नयाँ शक्तिबाटै उपप्रमुखका उम्मेदवार लक्ष्मी खाती परियारले व्यवस्थित सहरीकरण र सुकुम्वासी समस्यालगायत समाधानका विषय आफ्नो प्राथमिकतामा पर्ने धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई