पढ्न करिब 1 मिनेट लाग्छ

दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक ‘कर्मचारी खटाउने देखि मतपत्र पुर्याउनेसम्मका सम्पूर्ण कामहरु पूरा भइसकेको मूख्य निर्वाचन अधिकृत केशबराज पाण्डेले बताउनु भएको छ । ‘बिहिबारबाट प्रत्यक मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण हुने तयारी भैरहेको र अन्य प्राविधिक कामहरु भने बुधबारबाट सुरु भएको पाण्डेले बताउनु भएको हो ।

निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी र कर्मचारी परिचालन भई भोलीबाट मतदान परिचय पत्र वितरण कार्यक्रम सुरु हुने भएकाले सम्बन्धित मतदान केन्द्रका मतदातहरुले समयमै आआफ्नो मतदान परिचयपत्र लिनहुन आग्रह गर्नुका साथै बैशाख ३१ मा शान्तिपूर्ण तरिकाले निर्वाचन हुनेमा ढुक्क हुन मुख्य निर्वाचन अधिकृत पाण्डेले सबैलाई अनुरोध गर्नु भएको छ ।