2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाँगुनारायण ६ मा एमाले ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । 

एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी मत प्राप्त गरी विजयी हुनुभएको छ । 

वडा नं ७ मा एक वडा सदस्यबाहेक सबै नेपाली काँग्रेसको समूह विजयी भएको छ । जसमा वडाध्यक्षमा ज्ञानबहादुर केसीले एक हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछाने, काँग्रेसका उम्मेदवारहरु दलित महिला सदस्य मनिता नेपाली, सदस्यहरु शम्भु श्रेष्ठ र रमेश लामा मत प्राप्त गरी विजयी हुनुभएको छ । 

नगर प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट उम्मेदवार हुनुभएको सोम मिश्रले छ हजार ७२ मत र उपप्रमुख बिना बास्तोलाले छ हजार ४५३ मतले अग्रता लिएको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले पाँच हजार ८३९ मत र उपप्रमुख सरु बानियाँले छ हजार ३०२ मतले पछ्याउनुभएको छ । 

यस नगरपालिकामा नेमकिपाका तर्फबाट प्रमुख पदका उम्मेदवार रहनुभएका न्हुछे फोजूले तीन हजार २१४ मत र उपप्रमुख रीता काफ्लेले दुई हजार ६८६, राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले तीन हजार ६४०, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले तीन हजार २२६ मत ल्याएर पछ्याई रहनुभएको छ । 

मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४ र ६ मा एमालेको समूह विजयी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई