मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमा"/>

2026-06-24 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साउदी राजाको निमन्त्रणामा मदरसा बोर्डको मुस्लिम टोली साउदी जाँदै

2017-08-24


मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ । 

साउदी अरबका राजा सलमानविन अब्दुलअजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्ड, सांसद, डीआईजी सहितको टोली साउदी जान लागेको हो । मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ नेतृत्वको टोली साँझ साढे ४ बजे साउदी अरब जाने भएको बताइएको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका ३, चैपुरवा निवासी राष्ट्रिय मदरसा संघका केन्द्रिय महासचिव मौलाना ‘नेपाली’ को नेतृत्वमा देशका शीर्षस्थ मुस्लिम अगुवाहरुको सहभागिता रहेको छ । 

टोलीमा सांसद कौसर शाह, डीआईजी असगर अली, समाजसेवी इकबाल अहमद मक्की, मोहम्मद बिन समेत शीर्षस्थ मुस्लिम अगुवाहरु रहेका छन । साउदी अरब भ्रमणका लागि साउदी राजाले निमन्त्रणा गरेकोमा टोली अगुवा मौलाना नेपालीले साउदी सरकारलाई धन्यबाद ज्ञापन गर्नुभयो । 

साथै उहाँले नेपाली मदरसाले भोग्नुपरेको समस्या र बाढीपीडितहरुको सवाललाई साउदी सरकारसमक्ष प्राथमिकताका साथ राख्ने बताउनुभयो । १४ दिनको भ्रमणका लागि साउदी जान लागेको मुस्लिम अगुवाको टोली साउदी राजाका साथै विभिन्न व्यक्तित्वसँग भेटघाट गरी नेपालको समस्या दर्शाउने मौलाना मशहूद खाँ नेपालीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे