2026-06-17 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकै बारीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

2017-09-06

भदौ २१, बनेपा । सामूहिक बलात्कारका कारण एक हप्ताअघि एक महिलाको ज्यान गएकोसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । 

फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । 


‘अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ’ प्रहरी उपरीक्षक थापाले भन्नुभयो । बनेपामा जडान भएको सिसी टिभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक फरक मितिमा फरक फरक स्थानबाट एक हप्ताको अवधिमा पक्राउ गरिएको थियो । पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् । 

रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक हप्ताअघि मकैबारीमा मृत अवस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो । उनीसँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक थापाका अनुसार उनी विगतमा पनि मादकपदार्थ सेवन गरी घरमा नआउने गरेको कारण खोजीका लागि पीडित पक्षले उजुरी नगरेको जानकारी दिँदै अर्धनग्न अवस्थामा फेला परेकी उनको शव देखेर आफन्तले चिनेका थिए । अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइनेछ । मृतकको अझै शवपरीक्षण प्रतिवेदन आइनसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ