2026-06-26 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली राजमार्ग दुर्घटना रोक्न सेफ्टी बार

2017-11-10

कात्तिक २४, कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन् । अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ ।

विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालिकोटको सेरावाडा, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा सेफ्टी बार हालिएको छ । अन्य पनि धमाधम काम भइरहेको छ । 

बार लगाउन खाल्डो खन्ने, गिटी, बालुवा जम्मा गर्ने, पिलर गाड्ने र बार कस्ने काम अन्तिम चरणमा पुगेको छ । अहिले पनि दैनिक १ सय ३० जना कामदार दैलेख, कालिकोट र जुम्लामा खटिइरहेका छन् ।

बार लगाइएपछि सुरक्षित महसुस हुने गरेको मान्मस्थित हाम्रो स्टेसनरीको बोलेरो जीप चालक सीताराम अधिकारीले सुनाए । ‘बारले स्पिडमा हुइँकिने हेभी गाडी रोक्न नसके पनि सानातिना दुर्घटना रोक्न सहयोग पुर्याएको छ,’ उनले भने ।

२ सय ३३ किमि लामो राजमार्गका अप्ठ्यारो र भीर भएको खण्डमा फलामे बार लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलवहादुर भुजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ