2026-09-14 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोट समृद्धिको लागि सडक सञ्जाल

मंसिर १६, कालिकोट । कर्णालीको मुख्य प्रवेशद्धारका रुपमा रहेका कालीकोट समृद्धिका लागि सडक सञ्जाल रहेको छ । 

धर्तीकी अप्सराको नामले चिनिने मुगुको रारा ताल, त्रिदेशीय नाकाका रुपमा रहेको भारतको रुपौडियाँदेखि तिब्बतको हिल्सा नाका जोड्ने कर्णाली करिडोर र सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्नेको हो यसको अर्को समृद्धिको आधार रुपमा लिन सकिन्छ ।

कर्णाली करिडोरलाई कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहँुच पाउने छ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ ।

यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा राखेको पूर्वमन्त्री जीवनबहादुर शाही बताए । ‘कर्णालीको मुहार फेर्ने अपेक्षा कर्णाली करिडोरबाट गरेका छौं’ उनले भने,‘त्रि–देशीय व्यापार र पर्यटनको महत्वपूर्ण योगदान दिनेछ ।’नेपाली सेनाले निर्माण कार्यको जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्रयाक खोलिएको र अहिले कालिकोटको राताडाँडा तथा बाजुराको कालाभीर, रुपाखोलालगायतका स्थानमा थप २० किलोमिटरको ट्रयाक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव बिष्टले बताए ।

‘आ.व. २०७४÷७५ भित्र कालिकोटअन्तर्गतको ४० किलोमिटर ट्रयाक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको थियो । निर्माण कार्य पुरा भएको छ । तर, बुझाएको भने छैन्’ उनले भने,‘यो सडक निकै तीब्र गतिमा निर्माण भइरहेको छ । अबको एक बर्षभित्र नै निर्माण कार्य पुरा हुनेछ ।’वि.सं. २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्रयाक खोल्ने जिम्मा दिएको थियो ।

१ सय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ । त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ ।त्यस्तै, प्रदेश नंं. ६ र ७ का जनप्रतिनिधिहरुले सेती लोकमार्गलाई हिल्सानाका तयारी थालेका छन् । त्रि–देशीय नाकाका रुपमा कर्णाली करिडोरमार्फत सेती लोकमार्गलाई हिल्सा जोड्ने तयारी थालेका हुन् ।टिकापुर–त्रिकुनेबाट बझाङ्ग उरै भ¥याङहुँदैँ ताक्लाकोट पु¥याउने लक्ष्य राखिएको सेती लोकमार्गलाई कर्णाली करिडोर हँुदै हिल्सा पु¥याउने तयारी थालिएको छ ।

कालीकोट शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले देश विकास आधार त्रि–देशीय सडक पनि रहेकाले सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्न पहल थालिएको बताए । ‘साँच्चै देश विकास गर्ने हो भने ठाउँ ठाउँमा त्रि–देशीय नाकालाई जोड्न जरुरी रहेको छ’ उनले भने,‘त्यसका लागि अहिले हामीले सेती लोकमार्गलाई कर्णाली करिडोरमा जोडेर हिल्सा र ताक्लाकोट नाका दुबै प्रदेशको साझा नाका बनाउने तयारी छौं ।’

अछामको साँफेबगरमा मुख्य कार्यालय राखेर काम सञ्चालन भइरहेको सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघि नै चले पनि निर्माणले अपेक्षा अनुरूप गति लिन नसकेको र यस लोकमार्गलाई कर्णाली करिडोरहुँदै हुम्लाको कर्णाली करिडोर भएर हुम्ला हिल्सा जोड्ने पहल थालिएको अछाम रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँदले बताए । 

‘हामीले कर्णाली करिडोरमार्फत चीनको हिल्सा जोड्ने तयारी थालेका छौं’ उनले भने,‘सेती लोकमार्गलाई कर्णाली करिडोर जोड्न ३० देखि ४० किलोमिटर मात्र बाँकी रहेको छ ।’

कैलालीको टीकापुर त्रिकुनेबाट निर्माण शुरू भएको सेती लोकमार्ग २ सय १५ किमी सडक बझाङको चैनपुरसम्म जोड्ने योजना भए पनि रेखाङ्कन भएको टीकापुरबाट बौनियाँसम्मको हालसम्म ७ किमी सडकको मात्रै कालोपत्रे भएको बाँकी काम ढिला हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ