2026-10-31 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: नमूना सडक स्थानीय तहलाई हस्तान्तरण

माघ १७, कालिकोट । जिल्लाको नमूना मानिएको शान्निघाट–स्यूना–सीपखाना जिल्ला सडक आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

बुधबार रास्कोटमा आयोजित एक बिशेष समारोहकाबीच उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार, बेलायत सरकार र डिएफआईडीको सहयोगमा निर्माण गरिएको उक्त सडक जिल्लाकै नमूना सडक मानिएको छ । 

स्थानीय साँझेदार ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ नेपाल)को सामाजिक परिचालनमा निर्माण सम्पन्न भएको उक्त सडकले रास्कोटको आर्थिक बिकासका लागि ढोका खोल्ने विश्वास गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरसँग जोडिएको शान्निघाटदेखी सीपखानासम्मको १८ किलोमिटर सडक निर्माण भएपछि रास्कोटको समृद्धिको ढोका खुलेको रास्कोट नगरपालिकाका प्रमूख काँशिचन्द्र बरालले बताए । 

सडक स्थानीय तहलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य साँसद सुशिला शाहीले बिकासको पहिलो आधार सडक भएको भन्दै शान्निघाट–स्यूना–सीपखाना सडकले यहाँको आर्थिक बिकासका लागि मद्यत पुग्ने विश्वास गरिन् । ‘सडक बिकासको पहिलो आधार हो’ साँसद शाहीले भनिन्, ‘यो सडकले रास्कोटको स्थानीय उत्पादनको बजारीकरणका लागि सहयोग पुग्नेछ ।’

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका निमित्त सचिव आनन्दराज ढकालले नेपाल सरकार र केलायत सरकारको साझेदारीमा निर्माण गरिएको शान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना नमूना भएको दावी गरे । उनले स्थानीय तहको निर्वाचनसंगै सिंहदरबारको अधिकार गाउँमा आएको भन्दै अधिकारको उपयोग गर्न स्थानीय सरकार सक्षम हुनुपर्ने बताए ।

कार्यक्रममा डिएफआईडीका प्रमूख रुरिक मार्सडेनले आफुहरुको सयोग कालिकोटको रास्कोट क्षेत्रका नागरिकहरुले निकै प्रभावकारी रुपमा सदुपयोग गरी नमुना सडक निर्माण गरेको बताए । कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रमका डिपुटी म्यानेजर अर्जुन पौडेले स्थानीय नागरिकहरुको सक्रियतामा निर्माण गरिएको उक्त सडक आयोजना अन्य स्थानीय तहहरुले अवलोकन गर्न योग्य भएको बताए । 

रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बरालले शान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना निर्माण पछि भारी बोकेर नून बोकेर खाने पर्ने नागरिकहरुको बाध्यताको अन्त्य भएको बताए । सडकको मर्मत र यसको निरन्तरताका लागि उनले प्रतिबद्धता पनि जनाए ।

स्थानीय साझेदार संस्था भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटीले ग्रामीण पहुँच कार्यक्रमद्धारा निमार्ण गरिएको शान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना जिल्लाकै नमुना भएको दावी गरे । 

उनले महिला पुरुष समान ज्याला तथा मजदुरको हातमा पारदर्शी हिसावले ज्याला भुक्तानीले आयोजना जिल्लाकै नमूना बनेको दावी गरे । जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, नेकपा एमालेका जिल्ला सदस्य गोरख शाही, नेपाली कांग्रेसका जिल्ला सहसचिव दमनबहादुर शाही, नेकपा माओबादी केन्द्रका नेता धर्मराज शाही लगायतका वक्ताहरुले कालिकोट जिल्लाको आर्थिक विकासका लागि शान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कूल ३४ करोड ३१ लाख ४ हजार २२ रुपैया लागत अनुमान गरिएको उक्त आयोजनामा २९ करोड ९६ लाख १४ हजार रुपैया मजदुरले भुक्तानी पाएका छन् । उक्त सडक निर्माण अवधीमा १ हजार ४ सय ८६ जना स्थानीय विपन्न परिवारले ६ लाख ३० हजार दिन रोजगारी प्राप्त गरेका छन् । 

मुख्यगरी शान्निघाट स्यूना पिखाना जिल्ला सडक आयोजना निर्माणको क्रममा महिला पुरुष समान ज्याला, सडक निर्माण गर्दा बायो ईन्जिनियरिङ, महिला सहभागिता, वातावरण व्यवस्थापन, सडक निर्माणको क्रममा काटिकाएका रुखको सट्टा झण्डै ४५ सय बिरुवा रोपिएकोे, वातावरण प्रभाव मुल्याङ्कन गरिएको लगायतका कार्यले सडक नमूनाको रुपमा चिनिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय