Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

ओखलढुंगाका तिन पत्रकारहरुद्धारा खाजा खर्च जोगाएर पत्रिका प्रकाशन सुरु

By साझासवाल

साउन २,ओखलढुंगा | समुदायको विकासका लागि भन्दै ओखलढुंगाका तिन जना पत्रकारहरुले खाजा खर्च जोगाएर पत्रिका प्रशासन सुरु गर्नुभएको छ । पत्रकारहरु पूर्णप्रसाद न्यौपाने,रविन श्रेष्ठ र एसबी जेरोले आफुहरुले दैनीक खाने खाजा खर्च जोगाएर भिजन नेपाल ओखलढुंगा नामको पत्रिका प्रकाशन सुरु गर्नुभएको हो ।

जिल्लामा एउटा पनि पत्रिका नियमित प्रकाशनमा आउन नसकेको अवस्थामा समाजको विकास र परिवर्तनमा टेवा पुर्याउने उद्धेश्यले साप्ताहिक खबर पत्रिका प्रकाशन सुरु गरिएको भिजन नेपाल ओखलढुंगाका प्रबन्ध निर्देशक पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । जिल्लामा अहिले सम्म एउटा पनि प्रेस नभएको र पत्रपत्रिकामा सुचना तथा विज्ञापन दिने र पत्रिका किनेर पढ्ने समेत बानीको विकास नभएकाले आफुहरुले खाजा खर्च बापतको रकम जम्मा गरेर पत्रिका प्रकाशन सुरु गरेको उहाँको भनाई छ ।

उक्त पत्रिकाको पहिलो अंक सार्वजनिक तथा विमोचन समेत भईसकेको छ । पत्रिका सार्वजनिक गर्दै व्यवस्थापक रविन श्रेष्ठले सुचना विज्ञापन दिन र पत्रिका किनेर पढि दिन सबैलाई आग्रह गर्नुभयो । ओखलढुंगामा ११ वटा पत्रपत्रिका दर्ता भएको भएपनि एउटा पनि पत्रपत्रिका नियमीत प्रकाशनमा आउन नसकेको अवस्थामा आफुहरुले सबैको साथ लिएर अघि बढ्ने योजना बनाएको सम्पादक एसबी जेरोले बताउनुभयो । पत्रिका विमोचन कार्यक्रमका सबैजसो वत्ताहरुले सत्य र तथ्यमा रहेर निष्पक्ष भई पत्रिका नियमीत प्रकाशन गर्न आग्रह गर्दै जस्तो सुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रुद्र अधिकारी,एमाले जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी नेता शर्मा लगाएतका राजनैतीक दलका अगुवाहरुले पनि यस अघिका पत्रपत्रिकाहरु जिल्लामा निरञ्तर प्रकाशनमा आउन नसक्नु दुःखद् भएको भन्दै भिजन नेपाल निरञ्तर प्रकाशनमा ल्याउन आफुहरुले सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पत्रिका विमोचन कार्यक्रमका विषेश अतिथी एवम् पत्रकार महासंघका जिल्ला सचिव कुम्भराज राईले पत्रकारीता जगतमा धेरै चुनौती र थोरैमात्रै सम्भावनाहरु रहेको बताउनुभयो । सरोकारवालाहरुले प्रतिवद्धता जनाए अनुसार सहयोग गर्न सके पत्रपत्रिका नियमीत प्रकाशनमा आउन सक्ने उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भिजन नेपाल पत्रिका प्रकाशनमा रहेको न्यौपाने,श्रेष्ठ र जेरो लगाएतको टिम आशलाग्दो रहेको भन्दै पत्रिका अब निरञ्तर प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको पत्रकारीताको विकासका लागि जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

जिल्लामा एधारौँ नम्बरमा दर्ता भएको भिजन नेपाल ओखलढुंगा साप्ताहिकले जिल्लाका बढि भन्दा बढि विषय वस्तु उठान गर्ने बताईएको छ । हरेक अंकमा ओखलढुंगाका खबरहरु मात्रै प्राथकिमताका साथ प्रकाशन गरिने पत्रिकाले जनाएको छ ।  ओखलढुंगामा पत्रकारीताको विकास पत्रपत्रिकाको निरञ्तरताका लागि विगत देखि नै निकै चासो र चिन्ता व्यक्त गर्ने गरिएको भएपनि अपेक्षीत विकास र परिवर्तन हुन सकेको छैन ।