साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्"/>

2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोसी आतंक जारि: अहिलेसम्म ७९ घर बगायो


साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ । 

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको छ । हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् । 

बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ । 

गाति गाविसको जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।  

तातोपानीलगायतका विभिन्न स्थानबाट सम्पर्कविहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् । 

बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको घताली बताए ।  

असार साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् । जुनसुकै समयमा पनि पानीको सतह बढ्ने हुनाले सतर्कताका साथ बस्न आग्रह गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।  

 उनले नदीमा पानीको बहाव घट्ने बढ्ने हुँदा नदीले धार परिवर्तन गरी सडक कटान गर्ने गरेको बताए । बाह्रविसे बजारमा अवस्थित यातायात आवतजावत गर्ने पक्की पुलमा समेत बाढीका कारण सामान्य क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई