2026-09-18 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रि वाइफाई म्याग्दी बनाउन देउसीभैलोमार्फत बेलायतमा २५ लाख सङ्कलन

कात्तिक १६, म्याग्दी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् । 

म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताउनुभयो । 

सहयोगदाताले म्याग्दीका सबै बस्तीमा इन्टरनेट प्रयोग गरेको छिट्टै देख्न पाइनेमा आशावादी रहेको बताउँदै प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोधसमेत गरेको फगामीले बताउनुभयो । 

मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाले फ्रि वाइफाई अभियान र ज्येष्ठ नागरिक मीनबहादुर शेरचनको सगरमाथा आरोहणको अभियानलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

बेनी नगरपालिका र ३५ गाविसमा रहेका विद्यालय, सामुदायिक, स्वास्थ्य चौकीसहित सार्वजनिक महत्वका क्षेत्रमा निःशुल्क र व्यक्तिगत प्रयोजनका लागि मर्मत खर्च जुट्ने गरी इन्टरनेटको व्यवस्था गरिनेछ । 

अभियानअन्तर्गत गाउँगाउँमा इन्टरनेट विस्तारका लागि अप्टिकल फाइवर र वायरलेस प्रविधिको प्रयोग गरिनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई