प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/>

2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा


प्रज्वल पाैडेल/पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे ।

जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नागरिकले सूचना पाउनु माैलिक हक अन्तरगत पर्ने भएकाले संविधान संशोधन गर्दा सूचना हकको धारा २७ त्रुटिपूर्ण र अपुरो रहेकाले त्यसमा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

बाँस्कोटाले भन्नुभयाे -“सरकारी जागिरमा प्रवेश गर्दा नै गोपनीयता कायम गर्छु भनेर सपथ खानुपर्ने प्रावधन छ यसले नकारात्मक हुन बल पुग्याे ।”

उहाँले सूचनाको हकमा नागरिकको अग्रसरता बढ्दै गए पनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी अझै हुन नसकेकाले यसतर्फ लाग्न सबैलाई अाग्रह गर्नुभयाे । आयुक्त बाँस्कोटाले आयोगले कारबाही गरेका व्यक्तिलाई सरकारले कुनै पनि सम्मान गर्न नहुने धारणा राख्दै भन्नुभयाे-“गलत कार्य गर्ने व्यक्ति सुचनादिन डराउनुपर्छ,यथार्थ सार्वजनिक गर्दा दाेषी भइन्न ।”

कार्यक्रममा प्रमुख आयुक्त बास्कोटाले रामेछापका प्रजिअलाई राष्ट्रिय सूचना आयोगको लोगो अङ्कित स्टिकर प्रदान गरेर जिल्लाको सूचना आयुक्तको जिम्मेवारी दिनुभयो भने सुचना लिने व्यक्तिको रूपमा नागरिकको तर्फवाट पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेललाई लाेगाे लगाईदिनुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  सूचनाको हक स्थापित गराउन अबको दिनमा जिल्लाका सरकारी कार्यालय प्रतिबद्ध हुने बताउनुभयाे । उहाँले सूचनाको हकमा उल्लेख भए अनुसार प्रत्येक कार्यालयले गरेको कार्य सम्पादनको विवरण प्रत्यक ३/३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता समेत जनाउनुभयाे । अधिकारीले सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमा भित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा पत्रकारहरूले जिल्ला अझैपनि सूचना माग गर्दा पाउन नसकेको धारणा राखेका थिए । बाँस्कोटाले रामेछापमा अाजबाटै विद्युतीय नागरिक वडापत्रकाे शुभारम्भ र एकीकृत नागरिक वडापत्रकाे सार्वजनिक गर्नुभयाे । कार्यक्रममा जिल्लास्थित राजनीति दलका प्रमुख नेता,सरकारी कार्यालयका सूचना अधिकारी,सुरक्षा निकायका प्रमुख,पत्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई