प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/>

2026-11-01 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा


प्रज्वल पाैडेल/पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे ।

जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नागरिकले सूचना पाउनु माैलिक हक अन्तरगत पर्ने भएकाले संविधान संशोधन गर्दा सूचना हकको धारा २७ त्रुटिपूर्ण र अपुरो रहेकाले त्यसमा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

बाँस्कोटाले भन्नुभयाे -“सरकारी जागिरमा प्रवेश गर्दा नै गोपनीयता कायम गर्छु भनेर सपथ खानुपर्ने प्रावधन छ यसले नकारात्मक हुन बल पुग्याे ।”

उहाँले सूचनाको हकमा नागरिकको अग्रसरता बढ्दै गए पनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी अझै हुन नसकेकाले यसतर्फ लाग्न सबैलाई अाग्रह गर्नुभयाे । आयुक्त बाँस्कोटाले आयोगले कारबाही गरेका व्यक्तिलाई सरकारले कुनै पनि सम्मान गर्न नहुने धारणा राख्दै भन्नुभयाे-“गलत कार्य गर्ने व्यक्ति सुचनादिन डराउनुपर्छ,यथार्थ सार्वजनिक गर्दा दाेषी भइन्न ।”

कार्यक्रममा प्रमुख आयुक्त बास्कोटाले रामेछापका प्रजिअलाई राष्ट्रिय सूचना आयोगको लोगो अङ्कित स्टिकर प्रदान गरेर जिल्लाको सूचना आयुक्तको जिम्मेवारी दिनुभयो भने सुचना लिने व्यक्तिको रूपमा नागरिकको तर्फवाट पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेललाई लाेगाे लगाईदिनुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  सूचनाको हक स्थापित गराउन अबको दिनमा जिल्लाका सरकारी कार्यालय प्रतिबद्ध हुने बताउनुभयाे । उहाँले सूचनाको हकमा उल्लेख भए अनुसार प्रत्येक कार्यालयले गरेको कार्य सम्पादनको विवरण प्रत्यक ३/३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता समेत जनाउनुभयाे । अधिकारीले सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमा भित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा पत्रकारहरूले जिल्ला अझैपनि सूचना माग गर्दा पाउन नसकेको धारणा राखेका थिए । बाँस्कोटाले रामेछापमा अाजबाटै विद्युतीय नागरिक वडापत्रकाे शुभारम्भ र एकीकृत नागरिक वडापत्रकाे सार्वजनिक गर्नुभयाे । कार्यक्रममा जिल्लास्थित राजनीति दलका प्रमुख नेता,सरकारी कार्यालयका सूचना अधिकारी,सुरक्षा निकायका प्रमुख,पत्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द