Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २५ गते, बिहान ११:५८ बजे
काठमाडौँ - KTM

अब आइफोनमा पनि टेलिकमको फोर जी चल्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २५, काठमाडौं । पाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी एलटिई सेवा मंगलबारदेखि सवै सिरिजका आइफोनका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ ।

यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले आइफोनहरुका सबै सिरिजमा फोर जी चल्ने जानकारी दिएकी छन । नेपाल टेलिकमले फोर जी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।

नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

यसरि सुचारु गर्न सकिन्छ फोर जी सेवा 

iPhone 6, 6+,7, 7+ Series का फोन सेटमा 4G/LTE सेवा सञ्चालन गर्नको लागि ब्उउभि कम्पनीको वेवसाइट https://beta.apple.com/ र मा उपलब्ध निर्देशन अनुसार आप्नो फोनको Back up लिई Profile download गर्नुपर्ने हुन्छ ।

त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ र iPhone 6 तथा सो माथिका Series मा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सकिन्छ ।