2026-06-16 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु

साउन ३, काठमाडौँ | नेपाल टेलिकमको टेलिफोन मर्मतमा चरम लापरवाही हुन्छ भन्ने सबै जनतालाई थाहै भएको कुरा हो । यही कुरालाई प्रमाणित गर्दै साझा सबाल मिडियाको ९ दिनसम्म पनि मर्मत नभएको टेलिफोन प्रवक्ताको निर्देशनमा १ घन्टामै सुचारु भएको छ । 

साझा सबाल मिडियाको टेलिफोन नम्बर बिग्रिएको २ हप्तासम्म पनि नेपाल टेलिकम गोंगबु कार्यालयले मर्मत नगरेपछि हाम्रो मिडियाले नेपाल टेलिकमकी प्रवत्ता सम्म कम्प्लेन पुर्याएको थियो । कार्यलयको टेलिफोन बिग्रिएपछि साझा सबाल मिडियाले २ पटकसम्म  १९८ मा कम्प्लेन गरेर जानकारी गराएको र नेपाल टेलिकम कार्यलय गोंगबुमा समेत पटक पटक टेलिफोन गरेको थियो । अझ टेलिकम कार्यालयमै पुगेर यस बिषयमा जानकारी गराइएको थियो । तर २/४ मिनेटमै समस्या समाधान हुने काम यतिका दिनसम्म पनि समाधान गर्ने प्रयास भएन । टेलिकममा खबर पुग्दा समेत आज भन्नुको सट्टा भोली भन्ने तर भोलि फेरी अर्को भोलीमा परिणत हुँदै जानेजस्तो देखेपछी नौ दिनपछी हामीले माथिल्लो निकाय गुहार्न बाध्य बन्यौं । 

हेर्नुहोस असार २५ गते १९८ मा गरिएको कम्प्लेनको स-प्रमाण 


समस्या समाधान नभएर अथक भएपछि  बाध्य भएर साझा सबाल मिडियाले टेलिकमकी प्रवत्ता प्रतिमा बैद्यलाई यस बिषयबारे गुहार्यो । टेलिकमकी प्रवत्ता प्रतिमा बैद्यलाई टेलिफोन बिग्रिएपछि तपाईहरुले कति दिनमा सेवा दिनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले फल्ट हेरेर हुन्छ भन्दै अहिले सडक विस्तारसंगै मेलम्ची आयोजनाको कामले गर्दा तार पुरै काटिएको भएमा समय लाग्न सक्ने र त्यसो नभए समय नलाग्ने प्रतिकृया दिइन् । तर हाम्रो समस्या त्यति ठुलो थिएन वा भएपनि हामीलाई जानकारी दिन सकिन्थ्यो । हामीले ९ दिनसम्म पनि यसरी झुलाउन मिल्छ ? भनेपछी उनले हाम्रो टेलिफोन नम्बर लिएर तत्काल के भएको बुझ्ने बताएकी थिइन् । तर १ घन्टा नबित्दै टेलिकमको कर्मचारी साझा सबाल मिडियाको कार्यालयसम्म आएर टेलिफोन मर्मत गरिदिए । आखिर हाम्रो टेलिफोनको समस्या नजिकै रहेको पोलको तारमा मात्र रहेछ ।

यो एउटा पहुँचसम्म पुगेर पाएको जबर्जस्ति सेवाको उदाहरण मात्र हो । यस बिषयलाई हामीले एउटा प्रतिनिधि घटनाको रुपमा मात्र समाचार बनाएका हौँ । बास्तवमा सेवाग्राहिले यथासिघ्र सेवा नपाउनु टेलिकमको रोग झैँ बनेको छ । अझ नयाँ लाइन जोड्दा एक महिनासम्म पनि काम नहुने समस्या छ । 

आम सर्वसाधारणले बिभिन्न बहाना यस्तो सास्ती पाईरहेका हुन्छन् । सेवाग्राहीले हरेक दिनको हिसाव गरेर जनतासँग पैसा अशुल्छ अझ भएन केहि गरि महिनावारी बिल भुक्तानीमा एक दिन मात्र ढिला हुँदा जरिवाना तिर्न बाध्य हुन्छ तर आफ्नो कर्तब्य बिर्सने सेवा प्रदायकलाई चाही सेवा ग्राहीले जरिवाना तिराउने दिन कहिले आउला ? अब नौ दिन टेलिफोन बिग्रिएको कारण हामीलाई भएको असुविधाको जरिवाना तिर्न नेपाल टेलिकम तयार होला ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई