२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुंग स्थानीय तहहरुमा कर्मचारी अभाव

२०७४, ९ भाद्र शुक्रबार ११:३६

रामबहादुर थापा /भदौ ९,बागलुङ। गठन भएको महिनौं बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् । 

निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति, कार्यक्रम, योजना अघि बढाउन समस्या उत्पन्न भएको छ । 

ढोरपाटन नगरपालिका सबैभन्दा बढी समस्यामा जेलिएको छ । सचिव कमलप्रसाद कँडेललाई वडा नं ५, ६, ७, ८ र ९ को जिम्मा छ । बाँकी १ देखि ४ वडा सचिव विष्णुप्रसाद शर्माले हेर्दै आउनुभएको छ । “९ वटा वार्ड २ जना सचिवको भरमा चलेका छन्” नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले भन्नुभयो “नगर कार्यपालिकाको कार्यालयमा पनि कर्मचारी अभाव छ ।” उहाँका अनुसार नौ कर्मचारीको दरबन्दी रहे पनि अहिले पाँच मात्र कार्यरत छन् । इन्जिनियर, सबइन्जिनियर, कम्प्युटर इन्जिनियर र कार्यालय सहयोगी छैनन् । विषयगत कार्यालयअन्तर्गत कृषि र स्वास्थ्यका कर्मचारी पुगे पनि शिक्षाका कर्मचारी अहिलेसम्म पुग्न सकेका छैनन् । कर्मचारी व्यवस्थापन समिति र जिल्ला समन्वय समितिमा पटक पटक समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको कार्यकारी अधिकृत आचार्यले बताउनुभयो । 

ढोरपाटन नगरपालिकाको छिमेकी तमानखोला गाउँपालिकाको समस्या पनि उस्तै छ । दुइै सचिवको जिम्मामा ६ वटा वार्ड छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कर्मचारी अभावमा काम गर्न गाह्रो भएको बताउनुभयो । “प्राविधिक जनशक्ति नै छैन, डिजाइन–इष्टिमेट र योजना कार्यान्वयन गर्न सकिएको छैन” अध्यक्ष बुढाले भन्नुभयो, “यस्तै अवस्था अझै केही समय रहे यो वर्षको सबै काम प्रभावित हुने देखिन्छ ।” उहाँले यथाशक्य छिटो कर्मचारी व्यवस्थापन गर्न सरकार र उसका निकायसँग माग गर्नुभयो । 

तमानखोला गाउँपालिकामा अहिले कार्यकारी अधिकृत खिम विक र लेखापाल यामबहादुर थापा मात्र कार्यरत हुनुहुन्छ । दरबन्दीअनुसार इन्जिनीयर, सबइन्जिनीयर, प्रशासन सहायक, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेत नभएको कार्याकारी अधिकृत खिम विकले बताउनुभयो । गाउँपालिकामा पनि नौ कर्मचारीको दरबन्दी छ । केही विषयगत कार्यालयबाट कर्मचारी खटिए पनि शिक्षाका कर्मचारी गएका छैनन् । जिल्लामा सबैभन्दा ठूलो समस्या वडाध्यक्षहरुको रहेको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । “तेत्तीस जना वार्ड सचिवहरु अपुग हुनुहुन्छ, एउटै सचिवले धेरै वार्ड हेर्नुपर्ने बाध्यता छ” आचार्यले भन्नुभयो । साबिकका गाविस विभाजन भएर धेरै वडा बनेपछि सचिव अभाव भएको उहाँको भनाइ छ । “माथिबाट कर्मचारी आउने सुर भएन, जिल्लामा सहायकस्तरको कर्मचारीको संख्या कम छ” उहाँले भन्नुभयो । 

कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष सहायक प्रजिअ धु्रव गिरीले कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । “मुख्य रुपमा प्राविधिक र सहायकस्तरको कर्मचारी हामीकहाँ अभाव छ”, उहाँले भन्नुभयो “माथिबाट कर्मचारी आएनन्, यहाँ भएकोलाई परिचालन गरिएको छ ।” 

खटाइएको ठाउँमा जान नमान्ने कर्मचारीको अटेरीपन, सामान्य प्रशासनको सरुवा र विषयगत कार्यालयले आफूखुसी कर्मचारी खटाउँदा समस्या निम्तिएको कर्मचारी व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका विषयगत कार्यालय र जिल्ला समन्वय समितिमा कर्मचारी दरबन्दी किटान गरेर पठाए बाँकी कर्मचारीलाई स्थानीय तहमा खटाउन सजिलो हुने समितिका पदाधिकारी बताउँछन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु