2026-09-12 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३६ मध्ये ७० वटा स्थानीय तहमा एमालेले जित्छ: भट्टराई

भदौ २२, लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ । 

नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स्थानीय तहमा विजयी भइ पहिलो पार्टी बन्ने बताउनुभएको हो । 

बिहानीको वातावरणले दिउँसोको संकेत गरेजस्तै एमालेलाई अन्य प्रदेशमाझै २ नं प्रदेशमा पनि त्यस्तै सफलता मिल्ने जिकिर गर्दै उहाँले यहाँ थुप्रै षडयन्त्र भए पनि एमाले अझ सशक्त हुँदै आएको उल्लेख गर्नुभयो । हुलाकी राजमार्गको निर्माण, पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन, जनता आवास, वृद्धवृद्धा भत्ता लगायतका जनप्रिय कार्य एमालेले नै गरेका कारण जनतामा जतिसुकै एमालेविरुद्ध भ्रम छरे पनि त्यो असफल हुँदै गएको टिप्पणीसमेत गर्नुभयो । 

हिजोसम्म एमालेलाई गाली गर्नेहरु आज आफैँ एमालेमा फर्किन थालेको बताउनुहुँदै आफ्नो पार्टीविरुद्ध फैलाइएको भ्रमलाई चिर्ने र पार्टीलाई २ नं प्रदेशमा बलियो बनाउने गरी आक्रमक प्रचारमा जुट्न पनि आग्रह गर्नुभयो । 

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको अध्यक्षतामा आयोजित भेलामा सोहीदलका केन्द्रीय सदस्य लीला श्रेष्ठ, सांसद ममता गिरी, पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, सोही दलका लहान नगरपालिकाका प्रमुख उम्मेदवार मुनी साह तथा उपप्रमुख सिरयार चौधरी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा