२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलले यो महिनाभित्रै सार्वजनिक गर्दैछ २ नयाँ स्मार्टफोन (यस्तो छ डिजाइन)

२०७४, १ आश्विन आईतवार ०९:४८

असोज १, काठमाडौँ | गुगलले आगामी ४ अक्टोबरमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गुगलले 'पिक्सेल टू' र 'पिक्सेल टू एक्स एल' नामक स्मार्टफोन अक्टोबर ४ मा रिलिज गर्ने भएको हो ।

The Californian technology मार्फत सार्वजनिक टिजरमा लेखिएको छ, ‘स्मार्टफोन बदल्ने बारेमा सोँच्नुभएको छ ?’ यस्तै अन्य प्रश्नहरु उल्लेखित छन् । 

यद्यपि यस दिन गुगलका कुन कुन फोन आउँदैछन् चाहीँ भनिएको छैन । तर उल्लेखित दुबै स्मार्टफोन गुगलले एकसाथ सार्वजनिक गर्ने अड्कल धेरैले काटेका छन् ।

यो वर्ष अन्य सबैजसो प्रतिस्पर्धी कम्पनीहरुले आफ्ना फ्लागसीप फोन लञ्च गरिसकेको अवस्थामा गुगलको स्मार्टफोन लञ्च वर्षको अन्तिम हेभीवेट लञ्च हुनेछ।

एप्पलले आफ्ना तिन नयाँ स्मार्टफोन लञ्च गरेको दुई दिनपछि नै गुगलले उक्त टिजर सार्वजनिक गर्यो । पिक्सेल टू र पिक्सेल टू एक्स एल गुगलका फ्लागसीप स्मार्टफोन हुनेछन् ।

रिपोर्ट अनुसार गुगलको पिक्सेल टू स्मार्टफोन एचटीसी कम्पनीले बनाइरहेको छ । यो फोनमा स्क्विजेबल फ्रेम हुनेछ । यसमा फोनको स्क्रिनलाई दबाएकै भरमा विभिन्न कार्य गर्न सकिन्छ । 

express.co.uk ले जनाए अनुसार छिट्टै गुगलको नयाँ स्मार्टफोन बारे जान्न अवसर मिल्ने जनाएको छ । उसले तयार परेको समाचारमा पनि गुगलले आफ्ना २ फोनहरु अक्टोबर ४ मै रिलिज गर्ने छ । 

गुगलले सार्वजनिक गरेको टिजरमा निम्न प्रश्नहरु गरिएको छ । प्रश्नको मतलव गुगलको नयाँ स्मार्टफोनमा यी प्रश्नहरुको समाधान छन् । 

“What’s wrong with my phone’s battery?”

“Why is my phone always out of storage?”

“Why does my phone take so many blurry photos?”

“Why doesn’t my phone understand me?”

“Why can’t my phone update itself?”

सार्वजनिक गरिएका नयाँ स्मार्टफोनका झलकहरु 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै