२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपालाई पछी पार्दै माओवादी बन्यो दोश्रो, सिरहामा सबैभन्दा बलियो

२०७४, ६ आश्विन शुक्रबार ०२:५२

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।  

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडी छ भने दोस्रो स्थानमा माओवादी छ । यस अघि राष्ट्रिय जनता पार्टी र माओवादी बराबर अंकका साथ दोश्रो स्थानमा थियो तर माओवादीले १ स्थानीय तहामा जित दर्ता गर्दै दोश्रो स्थानमा बलियो बनेको हो । त्यस्तै चौथो स्थानमा संघीय समाजवादी फोरम र नेकपा एमालेको पाँचौं स्थानमा छन् ।

अहिलेसम्म माओवादीले जितेको ९ स्थानीय तहहरु: 

(सिरहा) कर्जन्हा नगरपालिका:- गंगा पासवान (४३०९)

(सिरहा) अर्नमा गाउँपालिका:- ठकु महतो कोइरी (२४३६)

(पर्सा) ठोरी गाउँपालिका:- पदम लाल श्रेष्ठ (२८०२)

(सिरहा) औरही गाउँपालिका:- सिद्धार्थ  यादव

(रौतहट) मौलापुर नगरपालिका:- रिना साह (३९१२)

(रौतहट) यमुनामाई गाउँपालिका:- मोहम्मद मक्सद रान्के

(महोत्तरी) गौशाला नगरपालिकाः- शिवनाथ महतो (५९४४)

(महोत्तरी) सम्सी गाउँपालिकाः- फारूक शेख (२३४८)

(सिरहा) मिर्चैया नगरपालिका:- श्रवणकुमार यादव 

सिरहामा माओवादी सबैभन्दा बलियो 

सिराहामा माओवादी केन्द्र सबैभन्दा बलियो बनेको छ । सिरहाको मिर्चैया नगरपालिकामा माओवादीले आफ्नो चौथो जित समेत दर्ता गर्दै अझै बलियो बनेको हो ।

यसअघि माओवादीले अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो । 

पछिल्लो मत परिणाम अनुसार मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् । मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादवले ३३१७ मत पाएका थिए ।

मिर्चैयामा उपमेयरमा पनि माओवादीकी जीवछीदेवीले ४९३९ मत ल्याएर बिजेता भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मत पाइन् ।

सिरहामा अन्य दल  

कांग्रेस 

नवराजपुर गाउँपालिका:- विश्वमोहन प्रसाद यादव (२३०३)

एमाले

सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव (१६५६)

संघीय समाजवादी फोरम

विष्णुपुर गाउँपालिका:- जागेश्वर यादव (१९४०)

भगवानपुर गाउँपालिका:- बेचनप्रसाद यादव (३०५८)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने