2026-06-27 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

असोज १२, बैतडी (रासस) | बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।” 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । 

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी