2026-06-27 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरुको लागि नयाँ सिस्टम सुरु

असोज २६, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि बैदेशिक रोजगार बिभागले नयाँ तरिकाबाट पहिचानको नयाँ सिस्टम सुरुवाट गरेको छ ।

वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको हो । अब बैदेशिक रोजगारीमा जानको लागि औंठा तथा कागजात भन्दा पनि कयौं गुणा विश्वासिलो प्रबिधि  आइरिस रेकोग्नेसन सिस्टम सुरुवात भएको हो । अब मेसिनमार्फत विदेश जाने व्यक्तिको आँखाको नानीको बाहिरी भागलाई मेसिन मार्फत स्क्यान गरि व्यक्तिको पहिचान प्रमाणित गर्न सकिनेछ साथै अब श्रम स्वीकृति दिँदा यही प्रबिधिको आधारमा दिन थालिएको छ।

नेपाल सरकारले पहिलो पटक नेपालमा यो प्रबिधि मार्फत विदेश जाने कामदारको श्रम स्वीकृतिलाई सेवा दिन सुरुवात गरेको छ । बिभागले पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृति लिनेहरुको आँखाको बायोमेट्रिक लिन थालेको जनाएको छ । 

यो प्रबिधिले कसरी काम गर्छ ? 

बैदेशिक रोजगारीका क्रममा बिभिन्न देशमा पुगेका नेपालीहरुले बिशेष गरि एअरपोर्टबाट सम्बन्धित देशमा छिर्ने क्रममा आँखा स्क्यान गरेको अनुभव होला । विशेष गरि बिकसित देशमा यो प्रबिधि संचालनमा छ । अन्य देशको उदाहरण छाडेर धेरै नेपाली रहेको कतारमा पनि यो सिस्टम छ । कतार एएरपोर्टले एएरपोर्टबाट बाहिरिने क्रममा आँखा स्क्यान गरि आफ्नो देशमा छिर्ने व्यक्तिको डाटा सुरक्षित गर्छ । 

व्यक्तिको आँखाको नानीमा फाटिएका रेसाजस्ता देखिने भाागलाई आइरिस रिकग्निसन सिस्टमले क्याप्चर गर्छ । हरेक व्यक्तिको आँखाको रेसाहरु फरक हुने हुँदा पहिचान गर्न सजिलो हुन्छ । आँखाको आइरिस व्यक्तिपिच्छे फरक हुन्छ र परिवर्तन नहुने तथा छिट्टै पहिचान गर्न सकिने अङ्ग मानिने भएकाले पहिचानका लागि यसको प्रयोग भरपर्दो मानिन्छ । नेपालमा सुरु भएको यो प्रबिधिले अब व्यक्तिगत श्रम स्वीकृति लिने क्रममा आँखाको स्क्यान विशेष मेसिनमा गराउनुपर्छ र सिस्टमले उक्त व्यक्तिको सबै विवरण क्याप्चर गरेर राख्छ । उक्त व्यक्ति अब बैदेशिक रोजगारीको क्रममा नेपाल एएरपोर्टमा पुगेपछि सुरक्षा जाँचको क्रममा विमानस्थलको श्रम डेस्कले आँखाको बायोमेट्रिक ‘म्याच’ गराएर मात्र उड्ने अनुमति दिन्छ । 

व्यक्तिगत श्रम स्वीकृतिका लागि यो सिस्टम सुरु भईसकेको बिभागले जनाएको छ भने छिट्टै संस्थागत श्रम स्वीकृति लिनेहरुले पनि यो प्रविधि प्रयोग गर्न पाउनेछन् । 

यो प्रबिधि अत्याधुनिक भएकाले यसको प्रयोगबाट अब एउटा व्यक्तिको पासपोर्ट वा श्रम प्रयोग गरि अर्को व्यक्ति विदेश जान पाउने छैनन भने देशबाट बाहिरिनेको एकिन तथ्यांक लिन समेत सजिलो हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी