2026-07-25 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा, कति पर्छ मूल्य ?

कात्तिक ३०, काठमाडौं । आइफोन ८ र आइफोन ८ प्लस भोलिदेखि नेपाली बजारमा बिक्रि हुने भएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन ८ तथा आइफोन ८ प्लस भोलि नेपालमा सार्वजनिक गर्ने जनाएको हो ।

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउनेछ । सक्कली भ्याट बिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

भोलीदेखिने नेपालका इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट आइफों किन्न सकिनेछ । कम्पनीले तोकिएका स्थानबाट मात्र आइफों किन्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

उसले आईफोन ८ किन्दा जेननेक्स्टको होलोग्राम हेर्न पनि भनेको छ । साथै ग्राहकले एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउन www.gnextcom.com/check-service-tag गई एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । 

मूल्य कति ? 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा यस अघिनै प्रि­बुकिङ खुल्ला गरिसकेको छ । जेनेरसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले विभिन्न स्टोरहरु मार्फत प्रि­बुकिङ खुलाइएको थियो । ओलीजले दिएको जानकारी अनुसार प्रि-बुकिंगमा आइफोन ८ को ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको ९८ हजार ५ सय तथा २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै आइफोन ८ प्लसको ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख १२ हजार ५ सय र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्टको १ लाख ३३ हजार रुपैयाँ मूल्य तोकिएको छ।

कस्तो छ फिचर्स ? 

आइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दाबी गरेको छ।

यी नयाँ फोनको स्वरुपमा भने खास परिवर्तन गरिएको छैन। यी हेर्नमा ७ र ७ प्लस जस्तै देखिन्छन्। आइफोन ८ मा ४.७ इन्च र ८ प्लसमा ५.५ इन्चको रेटिना एचडी डिस्प्ले छ।

दुवैमा पछाडि १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसमा भने दुई वटा लेन्स छन्। त्यस्तै सेल्फीका लागि दुबै सेटमा ७ मेगापिक्सेलका क्यामेरा राखिएको छ। यी दुबै फोनले फोरके भिडियो खिच्न सक्छन्।

यी फोनको होम बटममा फिंगरप्रिन्ट सेन्सर राखिएको छ। धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिप छ। यसमा भएको ‘ए११ वायोनिक’ चिपले फोनलाई तीव्र बनाएको छ।

ताररहित चार्जिङ सुविधा भएका यी फोन ६४ र २५६ जिबी इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छन्। सिल्भर, स्पेस ग्रे र ब्लस गोल्ड गरी तीन रङमा उपलब्ध छन्। यी फोनमा आइओएस ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न मिल्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक