2026-06-27 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब एनसेलबाट प्रतिमिनेट ४३ पैसामै फोन गर्न सकिन्छ

मङ्सिर १२, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु सार्वजनिक गरेको छ । ऐनसेलले मंगलबार प्रस विज्ञप्ती जारी गर्दै चार किसिमका नयाँ भ्वइस प्याकहरु सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ भ्वाइस प्याकहरु आगामी बिहीबारदेखि ९० दिनको लागि संचालनमा ल्याएको हो । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साथै ग्राहकले अब तीन दिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् । 

नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सकिनेछ । दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट  टक टाइम साथै ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रति मिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सकिनेछ ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेकोछ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ र विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । 

भ्वाइस प्याक अन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्र मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यस बाहेक पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेका छन् । ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एप कुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी