2026-09-19 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पल आफैले पुराना आइफोन स्लो बनाईदिएको खुलाशा !

पुस ९, बिबिसी | पछिल्लो समय आइफोन स्लो हुने गरेको प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पल आफैले यसबारे खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको हो ।

प्रयोगकर्ताहरुले नयाँ आइफोन किन्न बाध्य पार्नका लागि एप्पलले पुराना आइफोन स्लो बनाएको आरोपलाई खण्डन गर्दै एप्पलले आइफोन स्लो बनाउनुको बाध्यताबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । एप्पलले स्लो हुने कारणलाई पुष्टि गर्दै  कतिपय पूराना मोडेलहरुको उमेर बढ्दै जाँदा त्यस्ता मोडेलको कार्यक्षमता एप्पलले घटाउने गरिएको र ब्याट्रीको क्षमता घट्दै जाने हुनाले कम्पनीले त्यस्तो गर्ने गरेको बताएको छ ।

उसले प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य पार्नका लागि त्यस्तो गर्ने गरेको कुरालाई भने अस्वीकार गरेको छ । एप्पलले प्रयोगकर्ताका लागि सकेसम्म आफ्नो जुनसुकै मोडेलका आइफोन डिभाइसको आयु बढाउने एकमात्र ध्येय रहेको जिकिर गरेको छ । 

एकजना रेडिट प्रयोगकर्ताले निकै स्लो बनिसकेको आफ्नो पूरानो आइफोन सिक्समा नयाँ ब्याट्री हालिसकेपछि उक्त आइफोन फास्ट बनेको उदाहरणसहितको अनुभव शेयर गरेपछि एप्पलको यस्तो अभ्यासको खुलासा भएको हो । यस समाचारको बारेमा प्रतिक्रिया दिँदै एप्पलले कतिपय पुराना मोडेलका डिभाइसमा रहेका आयु रित्तिँदै गएका लिथियम आयोन ब्याट्रीहरुको व्यवस्थापन गर्न अपरेटिङ सिस्टम आइओएसमा परिवर्तन गरेको जनाएको छ ।

एप्पलले भनेको छ, ‘लिथियम आयोन ब्याट्रीहरु चिसो वातावरणमा, कम चार्ज भएको अवस्थामा वा बढी पुरानो भएको अवस्थामा डिभाइसलाई चाहिने उच्चतम करेन्ट प्रवाह गर्न असमर्थ हुन्छन्, जसका कारण डिभाइसका इलेक्ट्रोनिक कम्पोनेन्टलाई बचाउनका लागि डिभाइस आकस्मिक रुपमा बन्द हुने गर्दछ ।’

एप्पल भन्छ, ‘गत वर्ष हामीले आइफोन ६, आइफोन ६ प्लस तथा आइफोन एसइका लागि एउटा फिचर रिलिज गर्यौँ जसले पिक करेन्ट डिमान्डलाई व्यवस्थापन गरी डिभाइसलाई अनपेक्षित रुपमा सट डाउन हुनबाट रोक्दछ । अहिले उक्त फिचर आइफोन सेभेनमा पनि थप गरिएको छ र भविष्यमा अन्य डिभाइसमा पनि विस्तार गरिनेछ । हाम्रो लक्ष्य भनेको ग्राहकहरुलाई सर्वोत्तम अनुभव प्रदान गर्नु हो ।’

लिथियम ब्याट्रीहरु समयसँगै क्षमताहीन हुँदै जान्छन् । चार्जिङ र डिस्चार्जिङ चक्रका कारण यस्तो हुन्छ । दुबै चक्रमा लिथियम आयोन ब्याट्रीको पदार्थमार्फत प्रसार भएको हुन्छ । लगातारको प्रयोगबाट ब्याट्रीमा आउने परिवर्तन भनेको स्टिलको सतहमा विस्तारै बन्ने खिया जस्तै हुन्छ । यसले ब्याट्रीको पदार्थलाई विस्तारै क्षयीकरण गर्दै जान्छ र फलतः त्यसले कम चार्ज मात्र संग्रहित गर्न सक्दछ र डिभाइसलाई चाहिने पिक चार्ज प्रवाह गर्न असफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई