2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरानो मोडलका iPhone स्लो भएपछी एप्पलले दिने भयो यस्तो सुबिधा

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी माग्दै ब्याट्री रिप्लेसको मूल्य तीन गुणा घटाएर सुबिधा दिने भएको छ । 

पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए ।

तर, एप्पलले भनेको छ कि ब्याट्रीको मूल्य कम गरिनेछ । साथै २०१८ मा सफ्टवेयर ल्याइने छ, जसले आइफोनको ब्याट्रीको अवस्था जाँच गर्न सघाउने छ ।

एप्पलले केही फोन स्लो गरिएको स्वीकार गरेको छ । तर, स्लो हुनुको कारण ब्याट्री कम्जोर भएको भन्दै नयाँ ब्याट्री हालेर पुन: फास्ट बनाउन सकिने एप्पलले जनाएको छ । उसले आइफोन ६ वा त्यसपछिका संस्करणको आइफोनको ब्याट्री रिप्लेसको मूल्य २९ डलरमा झारेको छ । जुन पहिले भन्दा झन्डै तीन गुणा सस्तो हो ।

पुराना मोडलका आइफोनहरु स्लो भएपछि एप्पलविरुद्ध अमेरिकामा मात्र ८ वटा मुद्दा परेका छन् । कतिपयले ब्याट्री पुरानो हुँदै जाँदा आइफोनलाई चाहिनेजति पावर नपुग्दा आइफोन नै स्लो हुने भन्दै नयाँ ब्याट्री रिप्लेस गर्न आग्रह गरेको भिडियोहरु युटुवमा अपलोड गरेका छन् । एप्पलले समेत यस बिषयलाई स्वीकार गर्दै ब्याट्रीको मूल्य घटाउने निर्णय लिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई