2026-06-27 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले ल्यायो वार्षिकोत्सवमा यस्ता आकर्षक अफर (सुचिसहित)

2018-02-05

माघ २२, काठमाडौं । आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न छुट योजना सार्वजनिक गरेको छ ।

जसअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिलिङअन्तर्गत माघ २५ देखि ३ महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गराउने छ ।

यस्तै माघ २३ देखि माघ २९ सम्म रु. ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत रु. ५०० र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि वैशाख २५ सम्म रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेटभन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।

कम्पनीले जीएसएम सेवातर्फ २३ माघदेखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राति १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु. ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु. ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु. १५ शुल्क तोकेको छ ।

यस्तै २५ माघ देखि २५ वैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरू ल्याउने पनि टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी