२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमद्वारा मोबाइलमा सबैभन्दा धेरै खर्च गर्नेहरुको नाम सार्वजनिक (खर्च विवरण सहित)

२०७४, २२ माघ सोमबार ०९:४५

माघ २२, काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तीको नाम सार्वजनिक गरिदिएको छ । टेलिकमले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा नेपाल टेलिकममा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तिमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन् । घिसिङले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट कुल १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन् ।

नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो । टेलिकमको आफ्नो वार्षिकउत्सवको अवसरमा ग्राहकको प्रतिनिधित्व हुने गरी मोवाइल तथा अन्य सेवामा सबैभन्दा धेरै खर्च गर्नेहरुलाई सम्मान समेत गरेको छ ।

त्यसैगरी, संस्थागत रुपमा पोष्टपेड मोबाइलबाट सर्वाधिक खर्च गर्नेमा सूर्य नेपाल प्राली रहेको छ । उसले एक वर्षमा ९ लाख ४६ हजार १ सय ८० रुपैया ६० पैसा खर्च गरेको छ । 

यस्तै नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलालको नाम सार्वजनिक गरेको छ । दुलालले वर्षमा मोबाइलमा ६४ हजार ४ सय ५ रुपैया ७१ पैसा खर्च गरेका छन् ।

त्यस्तै सिडिएमए पोष्टपेडमा व्यक्तीगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ । लावतीले ३७ हजार २ सय र नव ज्योतिले १८ हजार ६ सय खर्च गरेका छन् । त्यस्तै सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले २ लाख २१ हजार १ सय ६ रुपैया ७० पैसा रहेको टेलिकमले जनाएको छ ।

त्यस्तै वाइम्याक्समा सबैभन्दा धेरै खर्च गर्नेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन रहेको छ । सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ । त्यस्तै सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया ९४ पैसा खर्च गरेको छ ।

त्यस्तै टेलिकमओ पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोनमा धेरै हार्छ गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । जसले ४२ लाख १ हजार २ सय ३४ रुपैया ३१ पैसा खर्च गरेको छ। त्यस्तै व्यक्तीगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कंचनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक १ लाख २६ हजार ८ सय ६४ रुपैया ५२ पैसा खर्च गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली