2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिकमले ल्यायो होलीको अवसरमा अनलिमिटेड भ्वाइस कलसहितका चार अफर, यसरी सुचारु गर्नुस

फागुन १६, काठमाडौँ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । 

कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । 

अनलिमिटेड भ्वाइस नाइट कल

कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ । 

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । 

अनलिमिटेड नाइट डाटा 

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । 

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस 

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । 

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *१४१५# डायल गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द