2026-10-14 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

फागुन २०, अछाम (रासस) | अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ । 

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । मालिका विकास संघ नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । 

सूचना प्रविधि केन्द्रमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने नगर प्रमुख कुलबहादुर कँुवरले बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि नगरपालिकाको कार्यालयमा सिसी क्यामरासमेत जडान गरिएको हो । सूचना प्रविधि केन्द्रको उदघाट्न गर्दै प्रदेश सांसद हर्कबहादुर कँुवरले छिटो छरितो, सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्न प्रदेश सरकारमा आफूले प्रस्ताव राख्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१औँ शताब्दीमा नेपालमा करिब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सूचना पाउने वातावरण मिलाउनका लागि सूचना प्रविधि केन्द्रको आवश्यकता भएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश