2026-11-02 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकका विकट गाउँमा नेपाल टेलिकमको सेवा विस्तार

फागुन ३०,काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । अव ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । 

उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर  स्थापना गरी सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । 

टेलिकमको सेवा विस्तारसँगै ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने टेलिकमले जनाएको छ । सेवा विस्तारबाट सो क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका  छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द