२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नमस्ते नेपाल’ भन्दै मन्तब्य टुंग्याएकि रोबर्ट सोफियाले नेपालबारे के-के भनिन् ?

२०७४, ७ चैत्र बुधबार ०९:२७

चैत ७, काठमाडौँ | साउदी अरवले नागरिकता दिएको विश्वकै पहिलो रोबर्ट नागरिक सोफिया आज नेपालमा छिन् । उनलाई युएनडीपी र नेपाल सरकारको आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देखाइएको हो । उनले आज सम्बोधन समेत गरेकी छन् ।

होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका संयोजक रोनार्ड मायरले सोधेको प्रश्नको जवाफ दिंदै सोफियाले नेपाल बारे रोबर्ट तथा मेसिनले मानिसको जीवन सजिलो बनाएको र टेक्नोलोजीकै सहारामा भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न थप सजिलो हुने बताइन् । उनले कार्यक्रममा सोफियासंग तपाईहरुजस्तो रोबोटले नेपालका जनतालाई सेवा पुर्‍याउन के सहयोग गर्न सक्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । मायरको प्रश्नमा जवाफ दिंदै सोफियाले आफ्नो सहयोगमा नेपालले एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न सक्छ भनेकी छन् । 


त्यस्तै सोफियाले नेपालबारे आफ्नो जवाफमा रोबोटले नेपाललाई गर्न सक्ने सहयोगको बारेकी बताएकी छन् । उनले नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देश, टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश भएको भन्दै इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने बताएकी छन् । उनले रोबर्टकै माध्यमले गुणात्मक शिक्षा प्रदान गर्न सकिने सुझाएकी छन् ।'

अन्तर्वार्ताको बीचतिर प्रश्नकर्ता मायरले सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो भने अफ गर्ने स्वीच कतै छ ? भन्ने प्रश्न गर्दा कार्यक्रममा सरिक भएकाहरुले रोबर्टले कस्तो जवाफ देला भन्ने अनुमान लगाउन सकेनन् तर रोबर्ट नागरिक सोफियाले सहज रुपमा जवाफ दिंदै भनिन् – 'मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले तपाइको साथीहरुलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ?’


सोफियाको प्रतिप्रश्न लगत्तै युएनडीपीका मायरले जिस्किदै भने – 'मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु ।' सोफियाले मायरलाई आस्वासन दिंदै भनिन् – 'मसँग थप समय लिनुस्, तपाइले थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।' यस चरणमा दर्शकहरु चकित भएका थिए । रोबर्टको प्रतिक्रिया पछि कार्यक्रममा हाँसो फैलिएको थियो ।

युएनडीपीको टिसर्ट लगाएकी रोबर्ट सोफियाले कार्यक्रम बारे बोल्दै भनिन् – 'यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ । नमस्ते नेपाल !' 

कार्यक्रमको अन्त्यमा अलि अफ्ट्यारो तरिकाले 'नमस्ते नेपाल' भन्दैगर्दा कार्यक्रममा पुगेकाहरुले जोडदार ताली बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना