2026-09-19 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाँतमा यसरी लाग्छ कीराः दाँत जोगाउन वा किराले खाईसकेको भए के गर्ने ?

दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत सम्बन्धि यस्ता छन् टिप्स् :

दाँत कसरी बिग्रन्छ ?

दाँत विग्रनुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो । हामीले खाएको खाने कुरा दाँतको कुना र भित्तामा टाँसिन्छन् । धेरै समय रहेपछि यस्ता टुक्राहरु कुहिन्छन् । जसको कारण दाँतमा कीरा लाग्नुका साथै दाँतको जरा खुकुलो हुने, गिजा सुन्निने, रगत आउने, दाँत हल्लिने, दुख्ने लगाएतका समस्या आउँछन् ।

दाँतको उपचार, हेरचाह कसरी गर्ने ?

– कम्तीमा २ पटक बिहान/बेलुका खाना खाइसकेपछि राम्ररी ब्रस गर्ने, नभए खाना खाईसकेपछि कुल्ला गर्ने।

– सुत्ने बेलामा अन्त्यमा पानी पिउने । जसले गर्दा दाँतमा टासिएका कुराहरु पखालिन सहयोग पुग्छ ।

– ब्रस गर्दा घोटेर ब्रस नगर्ने, ४५ डिग्रीको कोणमा तलमाथी, दायाँ-बाया २/३ मिनेट हल्कासँग मिलाएर ब्रस गर्ने ।

– महिनाको एक पटक ब्रस परिवर्तन गर्ने |

– कम्तीमा वर्षको एक पटक विशेषज्ञकहाँ  सरसफाई गराउने, चेक गराउने ।

– दाँत दुख्यो वा केही समस्या आइहाल्यो भने जथाभावी औषधी सेवन नगर्ने, चिकित्सकसँग सल्लाह बमोजिम उपचार गर्ने ।

दाँतको दुखाइ कम गर्ने घरेलु उपाय 

– दातमा  भएको खाल्डोमा फसेको खानेकुराहरुलाई चुच्चो सिन्कोको माध्यमबाट निकाल्न सकिन्छ |

– आधा चम्चा  नुन एक गिलास मनतातो पानीमा मिलाई कुल्ला गर्दा दुखाई कम हुँदै जान्छ | 

दाँतमा यसरी लाग्छ कीराः

दाँतमा गुलियो खाने बितिकै किराले खाईहाल्दैन | हामीले खाएको खाना दातको कुना-कप्चामा अड्कंदै जान्छ  र त्यो  कुहिएर  ब्याक्टेरिया उत्पादन भएपछि बिस्तारै एसिड उत्पादन गर्छ र दाँत बिग्रँदै जान्छ । दातको बीच भाग, दायाँ-बायाँमा

सानो-सानो प्वाल पर्दै जान्छ | त्यो दातको नसा जरासम्म पुगेपछि, पानी खाँदा सिरिंग-सिरिंग लाग्ने, दाँत कालो हुने, दाँत दुख्ने लगाएत मानव शरीरको सबैभन्दा कडा भाग भनेकै इनामेल हो । इनामेल छेडेर त्योभन्दा पनि भित्र गएपछि दाँतमा समस्या देखा पर्छ । भित्री भाग डेन्टिनमा ब्याक्टेरिया पुगेपछि दाँत सिरिङ-सिरिङ गर्ने, कालो हुने, दुख्ने लगायतका समस्या आउँछन । दाँतमा किरा लाग्ने सरसफाईको कमीले हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई