दाँत सौन्दर्यका लागि मात्र हैन, स्वास्थ्यका लागि पनि अति नै महत्वपूर्ण छ । हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याउने र चपाई लयालु बनाउने काम दाँतले गर्छ । यसरी मसिनो बनाएर खाएको खानेकुरा राम्रोसँग पच्ने हुँदा शरीरलाई आवश्यक पर्ने तत्व पनि प्राप्त हुन्छ । दातले खाना टुक्रदा सहज रुपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । दाँतलाई स्वस्थ, बलियो र आकर्षक बनाउने सम्बन्धमा दाँत सम्बन्धि यस्ता छन् टिप्स् :
दाँत विग्रनुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो । हामीले खाएको खाने कुरा दाँतको कुना र भित्तामा टाँसिन्छन् । धेरै समय रहेपछि यस्ता टुक्राहरु कुहिन्छन् । जसको कारण दाँतमा कीरा लाग्नुका साथै दाँतको जरा खुकुलो हुने, गिजा सुन्निने, रगत आउने, दाँत हल्लिने, दुख्ने लगाएतका समस्या आउँछन् ।
– कम्तीमा २ पटक बिहान/बेलुका खाना खाइसकेपछि राम्ररी ब्रस गर्ने, नभए खाना खाईसकेपछि कुल्ला गर्ने।
– सुत्ने बेलामा अन्त्यमा पानी पिउने । जसले गर्दा दाँतमा टासिएका कुराहरु पखालिन सहयोग पुग्छ ।
– ब्रस गर्दा घोटेर ब्रस नगर्ने, ४५ डिग्रीको कोणमा तलमाथी, दायाँ-बाया २/३ मिनेट हल्कासँग मिलाएर ब्रस गर्ने ।
– महिनाको एक पटक ब्रस परिवर्तन गर्ने |
– कम्तीमा वर्षको एक पटक विशेषज्ञकहाँ सरसफाई गराउने, चेक गराउने ।
– दाँत दुख्यो वा केही समस्या आइहाल्यो भने जथाभावी औषधी सेवन नगर्ने, चिकित्सकसँग सल्लाह बमोजिम उपचार गर्ने ।
- दातमा भएको खाल्डोमा फसेको खानेकुराहरुलाई चुच्चो सिन्कोको माध्यमबाट निकाल्न सकिन्छ |
- आधा चम्चा नुन एक गिलास मनतातो पानीमा मिलाई कुल्ला गर्दा दुखाई कम हुँदै जान्छ |
दाँतमा गुलियो खाने बितिकै किराले खाईहाल्दैन | हामीले खाएको खाना दातको कुना-कप्चामा अड्कंदै जान्छ र त्यो कुहिएर ब्याक्टेरिया उत्पादन भएपछि बिस्तारै एसिड उत्पादन गर्छ र दाँत बिग्रँदै जान्छ । दातको बीच भाग, दायाँ-बायाँमा
सानो-सानो प्वाल पर्दै जान्छ | त्यो दातको नसा जरासम्म पुगेपछि, पानी खाँदा सिरिंग-सिरिंग लाग्ने, दाँत कालो हुने, दाँत दुख्ने लगाएत मानव शरीरको सबैभन्दा कडा भाग भनेकै इनामेल हो । इनामेल छेडेर त्योभन्दा पनि भित्र गएपछि दाँतमा समस्या देखा पर्छ । भित्री भाग डेन्टिनमा ब्याक्टेरिया पुगेपछि दाँत सिरिङ-सिरिङ गर्ने, कालो हुने, दुख्ने लगायतका समस्या आउँछन । दाँतमा किरा लाग्ने सरसफाईको कमीले हो ।