2026-09-19 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाल टेलिकमद्वारा बागलुङमा टुजी र थ्रिजी सेवा विस्तार

थम्मन थापा, वैशाख १०, बागलुङ | नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । 

टेलिकमले बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डांडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि ३ हजार २ सय मिटरको उचाईमा अवस्थित पर्यटकिय स्थल ढोरपाटन उपत्यकामा सेवा सञ्चालनको लागि जिल्लाको ढोरपाटन नगरपालिका ८ को विकट ठाउ बोबाङमा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्कमार्फत सेवा सञ्चालनमा आएको हो । 

डाँडामा विद्युत सेवा पुराउन कठिन भएकोले सोलार सेट मार्फत टावर सञ्चालन गरिएको छ । टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि ढोरपाटन उपत्यका सॅगै बोबाङका झण्डै ५०० घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन । टावर सञ्चालन भएपछि अहिले कपिलवस्तु सालझण्डी-ढोरपाटन हाईवे अन्तरगत बोबाङ देखि ढोरपाटन उपत्यका सॅगै ढोरपाटन शिकार आरक्ष सम्मका भुभागमा टेलिकमको मोवाईल सेवा पुगेको छ । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै अन्य स्थानमा समेत विटिएस थप गर्दै लगिएको शर्माले बताए । 

यसअघि उक्त स्थानमा पुरानो भिस्याट प्रविधिको टुजी सेवा मात्र सञ्चालनमा रहेको थियो । भिस्याट प्रविधिमा भ्वाईसमा सिमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न र त्यहा पुग्ने पर्यटकहरुलाई सहजता प्रदान गर्न टेलिकमले उपल्लो ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए । जिल्लाको महत्वपुर्ण स्थान पर्यटकीय स्थल ढोरपाटन आउने पर्यटकसॅगै त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन । 

मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय सेवा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । उक्त टावर निर्माणको गर्न पहलकदमी र त्यसको लागि भौतिक व्यवस्थापनमा ढोरपाटन नगरपालिकाले सहयोगमा गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए । उनले भनें ढोरपाटन क्षेत्र पर्यटकिय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउ हो, त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त टावर विस्तार पछि राम्रो र सहज भएको बताए । 

टेलिकमले समेत तदारुकताका साथ सेवा विस्तार गर्न लागि परेको उनको भनाई छ । अहिले थ्रिजी विस्तार भएपछि ढोरपाटनबासीमा खुसी छाएको नगर प्रमुख नेपालीले बताए । टेलिकमले अब छिट्टै म्याग्दीको विकट गाउ धौलागिरी गाउपालिकाको मुदी किवाङ, बागलुङको गलकोट नगरपालिका रिश्मी, वडा नं १० रमुवा, ताराखोला गाउपालिकाको अमरभुमि, बरेङ गाउपालिकाको धुल्लुबास्कोट, पर्वतको शंकरपोखरी लगायतका स्थानमा समेत नयॉ टावर सञ्चालन गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तारलाई तिव्रता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई