2026-11-02 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाल टेलिकमद्वारा बागलुङमा टुजी र थ्रिजी सेवा विस्तार

थम्मन थापा, वैशाख १०, बागलुङ | नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । 

टेलिकमले बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डांडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि ३ हजार २ सय मिटरको उचाईमा अवस्थित पर्यटकिय स्थल ढोरपाटन उपत्यकामा सेवा सञ्चालनको लागि जिल्लाको ढोरपाटन नगरपालिका ८ को विकट ठाउ बोबाङमा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्कमार्फत सेवा सञ्चालनमा आएको हो । 

डाँडामा विद्युत सेवा पुराउन कठिन भएकोले सोलार सेट मार्फत टावर सञ्चालन गरिएको छ । टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि ढोरपाटन उपत्यका सॅगै बोबाङका झण्डै ५०० घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन । टावर सञ्चालन भएपछि अहिले कपिलवस्तु सालझण्डी-ढोरपाटन हाईवे अन्तरगत बोबाङ देखि ढोरपाटन उपत्यका सॅगै ढोरपाटन शिकार आरक्ष सम्मका भुभागमा टेलिकमको मोवाईल सेवा पुगेको छ । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै अन्य स्थानमा समेत विटिएस थप गर्दै लगिएको शर्माले बताए । 

यसअघि उक्त स्थानमा पुरानो भिस्याट प्रविधिको टुजी सेवा मात्र सञ्चालनमा रहेको थियो । भिस्याट प्रविधिमा भ्वाईसमा सिमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न र त्यहा पुग्ने पर्यटकहरुलाई सहजता प्रदान गर्न टेलिकमले उपल्लो ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए । जिल्लाको महत्वपुर्ण स्थान पर्यटकीय स्थल ढोरपाटन आउने पर्यटकसॅगै त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन । 

मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय सेवा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । उक्त टावर निर्माणको गर्न पहलकदमी र त्यसको लागि भौतिक व्यवस्थापनमा ढोरपाटन नगरपालिकाले सहयोगमा गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए । उनले भनें ढोरपाटन क्षेत्र पर्यटकिय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउ हो, त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त टावर विस्तार पछि राम्रो र सहज भएको बताए । 

टेलिकमले समेत तदारुकताका साथ सेवा विस्तार गर्न लागि परेको उनको भनाई छ । अहिले थ्रिजी विस्तार भएपछि ढोरपाटनबासीमा खुसी छाएको नगर प्रमुख नेपालीले बताए । टेलिकमले अब छिट्टै म्याग्दीको विकट गाउ धौलागिरी गाउपालिकाको मुदी किवाङ, बागलुङको गलकोट नगरपालिका रिश्मी, वडा नं १० रमुवा, ताराखोला गाउपालिकाको अमरभुमि, बरेङ गाउपालिकाको धुल्लुबास्कोट, पर्वतको शंकरपोखरी लगायतका स्थानमा समेत नयॉ टावर सञ्चालन गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तारलाई तिव्रता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द