2026-09-19 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना आइफोन चलाउनेहरुलाई खुसीको खबर

जेठ २२, काठमाडौँ | पुराना आइफोन चलाउनेहरुलाई राहत मिल्ने भएको छ । पुराना आइफोनहरु स्लो हुनेगरेको गुनाशो बढेपछी आईफोन निर्माता अमेरिकी कम्पनी एप्पलले सोमबार आइफोन तथा आइप्याडको अपरेटिङ सिस्टम आइओएसको पछिल्लो संस्करण सार्वजनिक गरेको छ । 

एप्पलले एक विशेष समारोहबीच आइओएस १२ लञ्च गरेको हो । यो अपरेटिङ सिस्टमबाट आइफोन सिक्स यताका पूराना भर्सनका आइफोनहरु समेत फास्ट चल्नेछन् ।

सान जोसमा आयोजित एप्पलको वाषिर्क डेभलपर्स सम्मेलनका क्रममा एप्पलले आइओएस १२ सार्वजनिक गर्यो । एप्पलका अनुसार आइओएस ११ को तुलनामा आइओएस १२ ले कुनैपनि एप दोब्बर छिटो खुलाउनेछ ।

एप्पलका अनुसार सन् २०१३ यताका आफ्ना ह्याण्डसेटहरुमा आइओएस १२ ले काम गर्नेछ ।

स्मार्टफोन उद्योग परिपक्व बन्दै जाँदा प्रयोगकर्ताले पटक पटक नयाँ डिभाइस किन्नुको साटो सकेसम्म पूरानै डिभाइस चलुन्जेल चलाउने प्रवृत्ति बढिरहेको छ । यस्तोमा कमजोर ब्याट्री भएका कतिपय पूरानो मोडेलका आइफोनलाई नियतबस धिमा गतिमा झारेपछि गत वर्ष एप्पल विवादित बनेको थियो ।

एप्पलले सोमबार सार्वजनिक गरेको आइओएस १२ मा प्यारेन्टल कन्ट्रोल फिचर पनि छ । यसबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीले आइफोन तथा आइप्याडमा कुनैप्नि एप चलाउन पाउने समयमा पावन्दी लगाउन सक्नेछन् भने कुन एप चलाउने दिने वा नदिने पनि छनोट गर्न सक्नेछन् । रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई