2026-06-28 12:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालमा इन्टरनेट चलाउन महँगो पर्ने, कति बढ्ला इन्टरनेटको महंगी ?

सास | जेठ २५, काठमाडौँ | नेपाल सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग दूरसञ्चार सेवा दस्तुर अशुल्ने भएपछि इन्टरनेटमा मूल्य बढ्ने देखिएको छ । 

पछिल्लो समय इन्टरनेटको कारण फोन तथा टेक्स म्यासेज गर्न महँगो पर्ने हुँदा इन्टरनेट चलाउनेको शंख्या बढ्दो छ । विदेशमा गरिने फोन तथा स्वदेशमै पनि टेलिफोन वा मोबाइल फोनको प्रयोग नभई घन्टौंसम्म फेसबुक म्यासेन्जर, स्काइप, भाईबर, वीच्याट, ईमो तथा ह्वाट्सएप जस्ता एपहरुको प्रयोग बढेको छ । जसको कारण इन्टरनेटतर्फ ध्यान नदिने टेलिकमहरुको ब्यबसाय समेत धरापमा पर्दै जाने निश्चित छ ।

ग्राहकले सेवा प्रयोग गर्दा टेलिकमले लिने शुल्क अनुसार सरकारलाई राजश्वमा सहयोग पुग्थ्यो तर अव सेवा प्रयोग गर्नेमै कमि आएपछी सरकारलाई टेलिकमले दिने करमा समेत ह्रास आउँछ । यसै बिषयलाई ध्यानमा राख्दै सरकारले इन्टरनेट सेवामा पनि यस वर्षदेखि दूरसञ्चार सेवा दस्तुर लिंदैछ । यसअघि यसखाले दस्तुर नबुझाउनु पर्ने हुँदा इन्टरनेट केहि महँगो पर्ने ग्राहकहरुमा आशंका छ । यस अघि सरकारले टेलिफोन सेवा प्रदायक कम्पनीहरुमा लगाउँदै आएको यसखाले दस्तुर अब इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा पनि लाग्दा त्यसको भार ग्राहकहरुलाई नै पर्छ । यसरी सिधा रुपमा बुझ्दा हाल चलाइएको इन्टरनेट प्याकेजमा त्यहि अनुपातमा मूल्य बढाउनुपर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको धारणा छ । यदी सरकारले लिने दस्तुर अनुसार सेवा शुल्क बढ्ने हो भने सोझो रुपमा हाल चलाएको इन्टरनेटको मूल्यभन्दा १३ प्रतिशत बढी मूल्य पर्न जाने देखिन्छ । त्यस्तै हाल नेपाल टेलिकम तथा एनसेल लगायतले दिने इन्टरनेट सेवामा पनि पहिलेको भन्दा २ प्रतिशत महँगो हुनसक्नेछ । 

बिगतमा हालको जस्तो संचारको प्रविधि बिकास नभएको र छिटो संदेश छाड्न टेलिफोन वा मोबाइलको प्रयोगको बिकल्प थिएन तर अहिले सार्वाधिक फेसबुक म्यासेन्जर र अन्य एपहरुको कारण सरकारले राजश्व गुमाउंदै गएको छ । प्रविधिको विकास संगै इन्टरनेटकै सेवाबात अडियो तथा भिडियो कलिङमा घन्टौं कुरा गर्दा पनि सयौं गुणा सस्तो हुने हुँदा पनि टेलिकम तथा सरकारलाई राजश्वमा क्षेती पुगेको छ । यसै कुरालाई मध्ये नजर गर्दै सरकारले इन्टरनेट सेवामा पनि राजश्व अशुल्ने भएको हो । 

नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको भएपनि सरकारले दुरसंचार दस्तुर लिनु अघिनै पनि नेपालमा इन्टरनेट सेवा महँगो छ ।

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो रहेको हो । त्यसमा पनि सरकारले दस्तुर लगाउने हो भने नेपालको इन्टरनेट थप महँगो हुनेछ । त्यसो त अशुली भए अनुसारको सेवा भने उपलव्ध छैन । तोकिए बमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका हुँदैनन् । स्किममा यति र उति भन्ने तर भने जति इन्टरनेटको स्पिड नदिएर उपभोक्तालाई ठगि गर्ने गरेको पाईएको छ । सरकारले राजश्व उठाउने मात्र  नभई ग्राहकलाई भनेजस्तो सुविधा दिन नसक्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारवाही गर्नु पर्ने उपभोक्ताको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी