2026-11-02 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टमा पनि तीन iPhones लन्च हुने कुरा बताएका थिए ।

के छ नयाँ रिपोर्टमा ?

– गीकबेंच लिस्टिंगको अनुसार, तीन मध्ये एक iPhone 11, 2 मोडल बारे बताईएको छ । यसमा ARM प्रोसेसरको प्रयोग गरिएको छ, जबकि 2017 मा आएको मोडलहरुमा A11 बायोनिक चिपको प्रयोग गरिएको थियो । 

– यो मोडल 2.49GHz को बेस फ्रीक्वेंसीमा आउनेछ, जबकि iPhone X को बेस फ्रीक्वेंसी 2.39GHz थियो । तर यो अहिले स्पष्ट छैन कि iPhone 11, 2 मोडललाई कंपनीले कुन नाममा लन्च गर्नेछ ।

पहिलो पटक ४ जीबी र्यामको प्रयोग हुने 

– टेक रिपोर्ट्सका अनुसार, एप्पलको नयाँ iPhones मा पहिलो पटक ४ जीबीको र्यामको प्रयोग हुनेछ । यस बर्ष आउने तीन मोडलमध्य पहिलो मोडल ५.८ इंचको OLED स्क्रीनको साथ आउनेछ, जसलाई iPhone X-2 को नाम दिएर लन्च गर्न सक्नेछ । दोश्रो मोडल ६.१ इंचको स्क्रिनसहित आउनेछ, जसले iPhone 8 को रिप्लेस गर्नेछ । त्यस्तै तेश्रो मोडल प्रीमियम हुनेछ, जसमा ६.५ इंचको  स्क्रीन हुनेछ र यसलाई iPhone X Plus को साथ लन्च गर्न सक्नेछ ।

– रिपोर्टको अनुसार, प्रीमियम मोडलमा ४ जीबीको र्याम प्रयोग हुन सक्नेछ, जबकि पछिल्लो बर्ष कंपनीले iPhone X लन्च गरेको थियो, त्यसमा ३ जीबीको र्याम दिईएको थियो र यो पहिलो पटक हुनेछ जब कंपनी आफ्नो कुनै मोडलमा ४ जीबी र्याम दिनेछ । तर अहिलेसम्म बाकी दुवै मोडलमा ३ जीबी र्यामनै दिन सक्ने छ । यसको साथै यो नयाँ मोडलहरु iOS 12 संगै लन्च हुनेछ ।

कति पर्न सक्छ मूल्य ?

– हालै सार्वजनिक मिंग-ची कुओको रिपोर्ट अनुसार, ५.८ इंच र ६.१ इंच स्क्रीन साइज भएको iPhones को मुल्य ६०० देखि ७०० डलरसम्म हुन सक्छ, जुन नेपाली मूल्य अनुसार ६६ हजारदेखि ७७ हजारसम्म हुन सक्छ ।

– त्यस्तै ६.५ इंचको प्रीमियम मोडल सबैभन्दा महँगो हुनेछ, जसको मूल्य ९०० डलर (करीब ९९ हजार रुपयाँ) देखि लिएर १००० डलर (करीब १ लाख १० हजार रुपयाँ) को बीचमा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द