2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगललाई साढे ५ खर्बको जरिवाना, यस्तो छ कारण

साउन ३, ब्रसेल्स (एजेन्सी) | गुगलले प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर अर्थात नेपाली रु. झन्डै साढे ५ खर्बको जरिवाना तिर्नुपर्ने फैसला गरको छ । ईयुले ३ वर्षको अनुसन्धानपछि गुगललाई उक्त आरोपमा दोषी ठहर गर्दै उक्त जारीवाना तोकेको हो ।  

गुगलले आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोनहरुमा आफ्नो सिस्टम प्रयोग गरको आरोप गुगललाई छ । साथै गुगलकै स्वामित्वमा रहेको कम्पनी अल्फाबेटलाई आफ्नो व्यवसाय अभ्यासलाई परिवर्तन गर्न ईयूले ९० दिनको समय दिएको छ । यदी ९० दिनमा व्यावसाय सुधार नगरे दैनिक आयको ५ प्रतिशत जरिवाना गुगलले तिर्नुपर्ने ईयूको भनाइ छ ।

गुगलले उपभोक्तालाई छनोटको विकल्प नदिएको, गुगल सर्च र कम्पनीको अर्को एप्स प्रि–इन्स्टल गर्ने मोबाइल कम्पनीलाई गुगलले पैसा दिने गरेको आरोप छ । 

एन्ड्रोइड मोबाइल अपरटिङ सिस्टम र एप्समा गुगलको एकाधिकार छ । उसले सामसुङजस्ता ठूला मोबाइल कम्पनीसँग सम्झौता गर्ने गरेको छ । उसले पैसा दिएर कतिपय मोबाइलमा गुगल सर्च इन्जिन र गुगल क्रोम पहिल्यै इन्स्टल गरिदिएको हुन्छ । जुन कारण अन्य कम्पनीले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर पाउंदैनन् । 

गुगलको यही कारणले अन्य मोबाइल कम्पनीलाई अर्को अपरटिङ सिस्टमबाट चल्ने फोन बनाउनबाट समेत गुगलले रोक्ने गरको आरोप लगाइएको छ । गत अप्रिलमा माइक्रोसफ्ट, नोकिया, ओराकल लगायतका कम्पनीको सहभागितामा गठन भएको समूह ‘फेयरसर्च’ ले ईयूमा यस वषयमा उजुरी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई