2026-09-19 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङ जे ८ किन्दै हुनुहुन्छ ? के-के छन् फिचर- कति पर्छ मूल्य ?

साउन १८, काठमाडौं | नेपाली बजारमा सामसङको सस्तो र लोकप्रिय मोबाइल सेट आएको छ । नेपाली बजारमा ग्यालेक्सी जे ८ स्मार्टफोन भित्रिएको हो । 

यो सेटमा ६ इन्चको सुपर एमोल्ड इन्फिनिटी डिस्प्ले तथा डुअल क्यामेरा रहेको छ । सामसङ जे–८ मा ४ जीबी र्‍याम र ६४ जीबी रोम छ । त्यस्तै यो स्पार्टफोनमा रहेको इन्फिनिटीको सुविधाले ग्राहकलाई १५ प्रतिशत बढी स्क्रिन प्रदान गर्छ । साथै फोनमा १६ मेगापिक्सलको रियर सुटरको साथ १.७ अपार्चर तथा ५ मेगापिक्सेलको साथ १.९ अपार्चर क्यामेरा राखिएको छ । यो नीलो, कालो तथा गोल्ड कलरमा उपलब्ध हुनेछ । 

नेपाली बजारमा ग्यालेक्सी जे-८ मूल्य ३३ हजार ४ सय ९० रुपैया तोकिएकोले यो सामसुङ लेटेस्ट तथा सस्तो भनिएको छ । नेपाली बजारमा यो फोन खरिद गर्न चाहनेहरुले यही महिनाभर देशका सबै सहरमा पाउनेछन । फोनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याक ग्राउण्ड तस्बिरलाई सहजै छुट्याउन सकिने कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

यो फोनमा लाइभ फोकस तथा च्याट ओभर भिडियो जस्ता फिचर प्रयोग गरिएको छ । लाइभ फोकसबाट ब्याकग्राउण्ड फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ भने च्याट ओभर भिडियोको मद्दतले प्रयोगकर्ताहरु भिडियो हेर्दै गर्दाको अवस्थामा पनि च्याट गर्न सक्ने विशेषता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई