२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको ग्यालेक्सी नोट ९ मा आगो लागेपछि…

२०७५, १ आश्विन सोमबार ०८:२८

असोज १, काठमाण्डौ | एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को उत्पादन बन्द गरिनुपर्ने माग गरेकी छिन् । 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाका अनुसार चुङ एक रियल स्टेट एजेन्ट हुन् । गएको सेप्टेम्बर ३ को राति चुङ लिफ्टबाट ओर्लिरहेकी थिइन् । उनको मोबाइल एक्कासि तात्न थाल्यो । त्यसपछि उनले आफ्नो मोबाइल पर्समा राखिन् । एकछिनपछि उनको मोबाइलबाट आवाजका साथै धुवाँ आउन थाल्यो । 

त्यसपछि उनले आफ्नो मोबाइल पर्सबाट निकालिन् । मोबाइल बलिरहेको थियो । मोबाइल फ्याँक्ने क्रममा उनको औँलामा पोलेको थियो । केही समय मोबाइल बलिरह्यो । 

यो घटनापछि सामसुङले ग्यालेक्सी नोट ९ मा यस्तो घटना पहिलो पटक भएको बताएको छ । यो मोडेल लन्च गर्ने बेलामा सामसुङका सीईओले ग्यालेक्सी ९ एकदमै सुरक्षित भएको र ब्याट्रीमा आगो नलाग्ने बताएका थिए । 

यसअघि सामसुङको ग्यालेक्सी नोट ७ मा आगलागी भएको थियो । त्यसपछि सामसुङले बजारमा रहेको ग्यालेक्सी नोट ७ फिर्ता मगाउनु परेको थियो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ