2026-09-19 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो संविधान दिवसको अवसरमा १५ दिने विशेष अफर, यसरी सुचारु गर्नुहोस्

असोज २, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आकर्षक छुटसहितको दरमा ‘माइ फाइभ र आइ फ्लिक्स’ सेवा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका ग्राहकहरुले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ ।

यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचओटा नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । अहिले भैरहेको शुल्कमा माइफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दै आइरहेको छ ।

एनसेलका प्रिपेड ग्राहकले ‘एस्ट्रिक्स५५८८ह्यास’ डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले ‘एस्ट्रिक्स५५९९ह्यास’ डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माइफाइभ सर्कलमा राखेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि शुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् । विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु –– एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक रु ४४.२५ रहेको थियो ।

एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आइफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई अझ शुलभ दरमा आफ्ना साथिभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी दिने तथा मनोरञ्जनको लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई